आमाका कारण छोरो अपहरणमा

aapharanकाठमाडौं, ७ फागुन । आमासँगको लेनदेनको विषयमा १६ बर्षीय छोरा सविन शाक्यलाई अपहरण गर्ने तीन जना युवालाई प्रहरीले काठमाडौंको स्वयंभूबाट पक्राउ गरेको छ ।
शाक्यको अपहरणमा संलग्न भक्तपुरको सूर्यविनायक बस्ने २० बर्षीय बिनोद लामा, कलंकीका २५ बर्षीय राजन लामा र २५ बर्षीय विश्व लामालाई प्रहरीले पक्राउ गरेको जनाएको छ । आज पक्राउ परेका उनीहरुको स्थायी घर सिन्धुपाल्चोक हो ।
उनीहरुले आइतबार एराहिटी निवासी शाक्यलाई अपहरण गरेका थिए । शाक्य रेडन कलेज सामाखुशीमा कक्षा ११ मा अध्ययनरत छन् ।
अपहरित शाक्य अपहरणकीको पञ्जाबाट उम्कन सफल भई भागेर घर पुगेका थिए । शाक्यकै उजुरी पछि तीन जना अपहरणकारी पक्राउ परेका हुन् ।

प्रतिक्रिया