भ्यालेन्टाइनमा प्रेमिकाको हत्या

Hatyaबिहीबार भ्यालेन्टाइन डे अर्थात् प्रेमदिवस । विश्वभरका प्रेमजोडीले माया साटासाट गरी भरपुर आनन्द लिइरहेका बेला विश्वकै एक चर्चित खेलाडीले भने आफ्नी प्रेमिकालाई गोली प्रहार गरेका छन् । दक्षिण अफ्रिकाका पारा ओलम्पिक धावक ओस्कार पिस्टोरियसले हानेको गोली लागी सख्त घाइते भएकी प्रेमिका ३० वर्षीया मोडल रिभा स्टिनकम्पको उपचारकै क्रममा निधन भएको छ । प्रिस्टोरियसले आफूले जानीजानी यो हत्या नगरेको बताएका छन् । उनका अनुसार घरमा चोर आएको शंका गरी गोली हान्दा प्रेमिकालाई लागेको हो ।
स्थानीय प्रहरीले यस विषयमा पिस्टोरियससँग सोधपुछ गरेको छ । उनीमाथि हत्याको अभियोग लगाएको छ । रिभाको टाउको र हातमा चोट लागेको थियो । पारा ओलम्पिक खेलकुदमा चार स्वर्ण पदक जितेका यी धावक कृतिम अंगको सहायतामा गत लन्डन ओलम्पिकमा सहभागी भएपछि पारा ओलम्पिक र ओलम्पिक खेलकुद दुवैमा प्रतिस्पर्धा गर्ने पहिलो खेलाडी भएका थिए । यद्यपि लन्डन ओलम्पिकमा भने उनले पदक जित्न सकेनन् । ‘ब्लेड रनर’ उपनामले समेत परिचित २५ वर्षिय पिस्टोरिस बच्चा बेलामा आफ्ना दुवै खुट्टा गुमाउन पुगेका थिए । (एजेन्सी)

प्रतिक्रिया