मूल्यबृद्धि फिर्ता लिने निगमको निर्णय

nepal_oil_corporation_काठमाडौं, २ फागुन । नेपाल आयल निगमले अर्को व्यवस्था नभए सम्मका लागि खाना पकाउने ग्याँसमा गरेको मूल्य बृद्धिको निर्णय तत्कालका लागि स्थगन गर्ने निर्णय गरेको छ ।
निगम सञ्चालक समितिको आज राजधानीमा बसेको बठकले सो निर्णय गरेको हो । निगमले अर्को व्यवस्था नभए सम्म ग्याँसको प्रतिसिलिण्डर पुरानै मूल्य १४ सय ७० रुपियाँ कायम गर्ने निर्णय गरेको हो । यो मूल्य राजधानीका लागि रहेको निगमको भनाई छ ।
बैठक पछि जारी विज्ञप्ति अनुसार अर्को ब्यवस्था नभएसम्म उक्त निर्णय स्थगन गरी हाललाई सबै उपभोक्तालाई साबिककै बिक्री मूल्य कायम गरिएको छ ।
प्रधानमन्त्री बाबुराम भट्टराईले दिउँसो ट्वीटर मार्फत मूल्य बृद्धि गर्ने निर्णय स्थगित गरेको जनाए पनि विपक्षी दल र संघ–संगठनहरुले नमाने पछि सञ्चालक समितिको बैठक बसेर सो निर्णय गरेको हो । मूल्य बृद्धि फिर्ता गर्ने निर्णयसँग तत्काल सरकार पछि हटेको छ ।

प्रतिक्रिया