“क” वर्गका कम्पनीका कारोबार घट्यो

nepse-chatrकाठमाडौं, २८ माघ । गत साता ‘क’ वर्गमा सूचीकृत कम्पनीहरूको कारोबार घटेको छ । कुल कारोबारमा ५० प्रतिशतभन्दा बढी ‘क’ वर्गमा सूचीकृत कम्पनीहरूको कारोबार हुने गरेकोमा गत साता भने ४१ दशमलव ५१ प्रतिशत मात्र ‘क’ वर्गमा सूचीकृत कम्पनीहरूको कारोबार भएको थियो ।

गत साता नेपाल स्टक एक्सचेन्जमा सूचीकृत १ सय २० कम्पनीमध्ये ५ हजार १ सय ८ कारोबारबाट ४४ करोड ४८ लाख ४८ हजार रुपियाँ बरारबका १५ लाख ६८ हजार २ सय १३ कित्ता सेयर खरिद–बिक्री भएका थिए । कुल कारोबारमध्ये ‘क’ वर्गका कम्पनीहरूको मात्र १८ करोड ४६ लाख रुपियाँ बराबरको कारोबार भएको छ । अघिल्लो साता भने १ सय ४ कम्पनीको ४ हजार ४ सय ४२ कारोबारबाट ३२ करोड १० लाख ९१ हजार रुपियाँ बराबरका १० लाख ९१ हजार ८ सय ४२ कित्ता सेयर खरिद–बिक्री भएका थिए । कारोबार रकममा गत साताको तुलनामा ३८ दशमलव ५४ प्रतिशतले वृद्धि भएको हो । साताको नेप्से
परिसूचक पहिलो दिनको तुलनामा २ दशमलव ३४ अंकले ह्रास भई अन्तिम दिन ५ सय १३ दशमलव ४२ अंकमा पुगेको छ ।
गत साता नेपाल टेलिकम सूचीकृत अन्य कम्पनी समूह र व्यापार समूहबाहेक सबै समूहको परिसूचकमा गिरावट आएको छ । सबैभन्दा बढी होटल समूह २३ दशमलव २९ अंकले र कम वित्त समूह शून्य दशमलव ७० अंकले गिरावट आएको हो ।
गत साता कारोबार रकमका आधारमा नेपाल बंगलादेश बैंक अग्रस्थानमा छन् । यस बैंकको गत साता १३ करोड ७४ लाख रुपियाँको कारोबार भएको थियो । त्यस्तै नबिल बैंकको २ करोड २९ लाख, प्रभु फाइनान्स २ करोड १४ लाख, एभरेष्ट बैंकको १ करोड ९९ लाख र चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडको १ करोड ९१ लाख रुपियाँको सेयर कारोबार भएको थियो । गत साता नेपाल बंगलादेश बैंकबाट एनबी समूह बाहिरिने भएपछि सबैभन्दा बढी रकम एवम् संख्याको कारोबार भएको हो । नेपाल बंगलादेश बैंकको गत साता ५ लाख १ हजार २ सय ६९ कित्ता सेयर कारोबार भयो । संख्याका आधारमा पनि सोही बैंक अग्रस्थानमा रहे । सो बैंकको ९ सय ८६ पटक कारोबार
भएको थियो ।
गत साता चिलिमे हाइड्रोपावरको ४० लाख ३७ हजार ९ सय २० कित्ता र सिटी डेभलपमेन्ट बैंकको ३ लाख ३७ हजार ३ सय २४ कित्ता बोनस सेयर सूचीकृत भएका छन्
भने नेपाल एक्सप्रेस फाइनान्सको १ लाख ३५ हजार ६ सय कित्ता हकप्रद एवं सिद्धार्थ फाइनान्सको २ लाख ३६ हजार ५ सय ६४ कित्ता बोनस सेयर र सोल्टी होटल लिमिटेडको २ लाख ३५ हजार ५ सय ६४ कित्ता बोनस सेयर सूचीकृत भएका छन् ।

प्रतिक्रिया