समूहगत प्रवेशको परिभाषा नखुलाई यस विषयमा अहिले नै टिप्पणी गर्न हतार गरिए जस्तो ठहरिन्छ । किनकि, सेनामा समूहगत प्रवेश भनेको के र यसले सम्बोधन गर्न खोजेको विषय कुन हो, अझै प्रस्ट हुन सकेको छैन । यद्यपि यसलाई राज्यले निर्णय गर्ने विषय हो । राज्यले मान्यता नदिए पनि माओवादी सेनाको अस्तित्व रहँदासम्म समूहगत प्रवेशको चर्चा यदाकदा चलेको हो । अहिले त्यो पनि अस्तित्वमा छैन ।
उनीहरू मापदण्डअनुसार नै सेनामा प्रवेश गरिसकेका छन् । अर्को मधेसी मुलका बासिन्दालाई सेनामा समूहगत प्रवेश गराउने चर्चा पनि चलेको छ । तर, यो सम्भव हुन्छ जस्तो लाग्दैन । किनकि, नेपाली सेनामा मधेसीहरूको छुट्टै बटालियन छैन । यो अवस्थामा उनीहरूको कसरी समूहगत प्रवेश हुनसक्छ । यदि यस्तो भएको खण्डमा भोलि जातीय आधारमा पनि सेनामा समूहगत प्रवेशको कुरा उठ्न सक्छ । यसो हुुनु मुलुकका लागि दुर्भाग्य हो । किनकि, सेना कुनै एक क्षेत्र र जातिको नभई राष्ट्रको हुन्छ ।
प्रतिक्रिया