दैलेखमा भएको भिडन्तको सन्देश

anil-yogi-1माओवादी र संसद्वादीबीचको दैलेखमा भएको भिडन्त यो सानो कास्टिंग मात्र हो । असली हृदयविदारक राष्ट्रियविपद् त आउनै बाँकी छ । हामी नेपालीहरू त्यसको प्रतीक्षा गर्दै छाँै । दैलेखका पत्रकारहरू बिचरा भागेछन् । चौथो अंगको रूपमा राज्यले मान्यता दिएका पत्रकारहरू आफ्नो स्वतन्त्रताको रक्षा र उपभोग गर्न पाउँदैनन् र जान्दैनन् भने अरू दुनियाँले के गरी यो देश भित्र बाँच्नु † राज्यको सम्पत्तिमा रवाफिलो पाराले पूर्व विद्र्रोही माओवादीहरू देशभित्र राज्य आतंक मच्चाउँदै छन् । भारतीय हस्तक्षेपका विरुद्ध राष्ट्रियता र स्वाधिनताको आन्दोलन हाँकिरहेका छौँ भन्थे कुनै समय माओवादीहरू । भारतीयहरूले आफ्नो पार्टी भित्र कसलाई प्रधानमन्त्री बनाउने भन्ने विषयमा नमजाले खेलेको आफ्ना कार्यकताहरूबीच गौरवका साथ खुलासा पनि गरे। दाहलले त्यो भनाइलाई बाबुराम भट्टराईले आफ्नो चरित्र हत्या गर्ने मनसायले नियोजित रूपमा त्यस्तो प्रचार गरायको बताउँदै आएका थिए । माओवादी भित्र यस्तो विवाद बेलाबखत हुनेगर्छ । जसले माओवादी पार्टी भित्र खेल्छ र खेलाउँछ फेरि उसैले मिलाइदिने पनि गर्छ यो नौलोकुरा होइन । अर्को सत्य के पनि हो भने भारतीयहरूले माओवादी भित्रको एक पक्षलाई उनीहरूले नै प्रचलनमा ल्याएको भाषामा भन्ने हो भने कठपुतलीका रूपमा खेलाउन काखी च्याप्ने र अर्को पक्षलाई तड्पाउने गर्छ भन्ने कुरा माओवादीले स्वयम लुकाउन चाहेको छैन ।
माओवादी भित्र अटाउन नसकेर फुटेका नव क्रान्तिकारीहरू र उसको आन्दोलन प्रति वैचारिक रूपमा विमति राख्ने अन्य राजनीतिक शक्ति र व्यक्तिहरूका लागि माओवादी भित्र भारतीयहरूको चलखेल हाँसोको विषय हुन सक्छ । नेपालको राजनीतिक अवस्था, देशको भविश्य, माओवादीमा लागेर जीवन गुमाउने हजारांै सहिदहरूको बलिदानको मूल्यांकन गर्ने हो भने यो हाँसोको विषय हुन सक्दैन । जनताको मुक्तिका लागि लडेका नेपाली माओवादीहरूको राजनीतिक नेतृत्व कति कम्जोर मानिसहरूले समालेका रहेछन् सोच्नुपर्ने हुन्छ । माओवादीका गतिविधिप्रति मेरो असहमति हुन सक्ला तर पनि मेरो कुनै न कुनै नसनाताको त्यो युद्धमा रगत बगेको छ अहिले पनि कति विचरा मेरा आफन्तहरू त्यो पार्टीमा जोडिएर आफ्नो र देशको सुन्दर भविश्यको कल्पना गरिरहेका छन् ।
माओवादीलाई जनताको मित्र शक्तिका रूपमा बुझ्नु र उसका तागतमा भएको परिवर्तनमा आफ्नो पनि हक खोज्नु माओवादी इतरका जनताको अपराध हुने थिएन । माओवादी नेतृत्वले विगत कुन वर्गलाई लक्षित गरेर आन्दोन गर्‍यो, वर्तमानमा आफ्नो साइनो र सम्बन्ध कतातिर जोड्दै छ र उसले आफ्नोपछाडि लागेका जनतालाई कतिसम्म झुक्याउने चालबाजी गर्दोरहेछ भन्ने कुरा सतहमा बाहिर आउँदैछन् । बाबुराम भट्टराईका सामु पुष्पकमल दाहलले अबको प्रधानमन्त्री म हुन्छु भन्दै हिँड्नु र बाबुराम भट्टराईले उहाँले ठट्टा गर्नु भएको हो भन्ने जस्ता जुहारी सुन्दा माओवादी भइरहेका मित्रहरूलाई बाहेक अरूलाई राम्रै लागेको हुनसक्छ तर इमान्दार नेपालीका लागि त्यो सुखद विषय होइन यसले नेपालको राजनीतिमा दूरगामी असर गर्नेछ । देशको भविश्य र्निमाण गर्ने र न्यूनतम मानिसको जीवनशैलीमा बाँच्न पाउनुपर्छ भनेर लडेका नेपाली युवाहरूलाई योग्यता र अयोग्यताको प्रमाण पत्र दिने हक र अधिकार विदेशी र माओवादीलाई कसले दियो ? जुन हक उनीहरूलाई थिएन अर्काको देशमा आएर उनीहरूले प्रयोग गरे यो विषयलाई हस्तक्षप हो भनेर नबुझ्ने नेपालीहरूको राजनीतिक चेतनास्तर कति कम्जोर रहेछ भनेर बुझ्न कठिन छैन ।
नौलो जनवादी व्यवस्था स्थापना गर्ने उद्देश्य लिएर एक दशकसम्म राज्यसँग लडेका नेपाली युवाहरूलाई केही हजार पैसा हातमा थमाएर घर जाऊ भन्नसक्ने माओवादी नेतृत्वले जनताको मुक्तिआन्दोलन हाँकेका हौँ भन्छ भने यो उसको विचारको अन्तिम अवसान हो भनेर मान्नुपर्छ । युद्धका बेलामा आम जनताले कुन प्रकारको सास्ती बेहोनुपर्‍यो नेपाली युवाहरूले आपसमै कुन हदको लडाइँ लडेर जीवन गुमाउनुपर्‍यो विगतका ती दिन सम्झिँदा मात्र पनि अत्यास लाग्छ । माओवादी नेतृत्वले नेपाली युवाहरूको तागतलाई दुरुपयोग गर्‍यो बलिदानको कदर गर्न जानेन ।
दुई ठूला शक्तिशाली राष्ट्रका बीचमा रहेको नेपाललाई विकासशील राष्ट्रको दाँजोमा अगाडि बढाउन पहिलो कुरा त आपसी हिंसाको मार्ग गलत थियो भन्ने माओवादीले जानेन र गल्ती गरेकै थियो । फेरि पनि शान्ति प्रक्रियामा आइसकेपछि छिमेकी राष्ट्रसँगको सम्बन्ध सुधार गर्दै देश र जनताको भलाई कसरी गर्न सकिन्छ भन्नेतर्फ सोच्न सक्नुपर्ने थियो त्यो पनि सोचेन । आफू कम्जोर हुनेले बलियो शक्तिसँग मिलेर जाँदा सहज हुने मार्गलाई लत्याउँदै प्रचण्ड र वैद्यहरूले नेलाली जनताका लागि असहज मार्गको तय गर्न खोजिरहेका छन् । माओवादी नेतृत्वले गिरिजाप्रसाद कोइरालासँग हात मिलाएर हिंसात्मक आन्दोलनको अन्त्य गर्दा नै आफ्नो वर्गीय दुश्मन नेपाल भित्र देख्न छाडी सकेको थियो । भारतमा बास बसेर नेपालमा हिंसा मचाहिरहँदा संसद्वादी र राजतन्त्रलाई यो राष्ट्रको प्रगतिको बाधक देख्ने माओवादीले राजतन्त्रको अन्त्य गर्न त सफल भयो तर नेपालको सत्ता आफ्ना मर्जीले चलाउन नपाइने विडम्बना आफँै भोगेर सत्ता त्याग्नुपर्ने भएपछि अब उसको बाधक शक्ति भनेको भारतीय शासक वर्ग हुन पुग्यो ।
नेपाल राष्ट्र र नेपाली जनताको अवस्था कुनै पनि राष्ट्रसँग जोरीखोज्ने अवस्थाको छैन सबै छिमेकी राष्ट्रहरूसँग मिलेर राष्ट्र र जनताको प्रगति कसरी गर्न सकिन्छ भन्ने विषयमा सबै राजनीतिक शक्तिहरूको एकताका आधारमा अगाडि बड्न सक्नुपथ्र्यो प्रचण्डसँग मात्र होइन कुनै पनि दलका नेताहरूमा यस्तो सोच पनि देखिएन । राष्ट्रियतामाथि भारतीयहरूको हस्तक्षेप निकै पहिलेदेखि हँुदै आएको हो । यो विषय माओवादी नेतृत्वले नजानेको नबुझेको होइन भारतीय विस्तारवादका विरुद्ध नेपालीहरूले नैतिक लडाइँ लड्नुपथ्र्यो त्यस्तो इमान्दार राजनीतिज्ञ नेपालीका लागि कल्पनाभन्दा बाहिरको कुरा हुने भयो । आफू अनुकूल हुँदा भारतीयहरू महान् हुन भन्ने यिनै प्रचण्ड हुन् । अहिले नेपालको राजनीति चौबाटोमा ल्याएर छोड्ने पनि भारत नै हो भन्ने कुरा प्रचण्डले अरुलेभन्दा बढी नै बुझेका छन् ।

प्रतिक्रिया