विकास नहुनुमा मुख्यतया अस्थिर राजनीति नै हो । अर्को द्वन्द्व, नीतिहीनता, चन्दा आतंक र दण्डहीनताले पनि त्यत्तिकै भूमिका खेलेको छ । कुनै पनि काम सम्पन्न गर्न दह्रो इच्छाशक्तिको आवश्यकता पर्छ । त्यो इच्छाशक्ति नेतृत्वमा हुनुपर्छ । यहाँ देश विकास गर्ने दृढ नेता देखिएन । नीति फितलो छ । कानुनको पालना हुँदैन । एउटा झुन्डको लहडमा करोडौंको आयोजना रोकिन्छ । सामान्य कर्मचारी संगठनले भइरहेका कार्यमा अवरोध खडा गरेको पाइन्छ । यो सबै दण्डहीनताको उपज हो ।
जनताले शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार र वर्तमान आधुनिकताले ल्याएका सबै वस्तु निर्वाद रूपले उपभोग गर्न पाउनुपर्छ । यसका लागि सडक, पुल, उद्योग, कल–कारखाना र विभिन्न खाले आयोजनाहरू सम्पन्न हुनुपर्छ । त्यस खाले कार्यक्रम संचालन गर्न कानुनीराज्य स्थापना र दण्डहीनताको अन्त्यको आवश्यकपर्छ । नेपालमा त्यो अवस्था छैन । मुख्यत राजनीतिक दलहरूले आफ्ना कार्यकर्तालाई विकासका काममा बाधा नपुर्याउन निर्देशन दिनसक्नुपर्छ । यसले मात्र देश विकासमा सहयोग पुग्छ ।
प्रतिक्रिया