नेपालमा सहिदको स्पष्ट परिभाषा भएको छैन । यसको पुन: परिभाषा हुन जरुरी छ । अहिलेको परिभाषाले खास सहिदको मानमर्दन गरेको छ । जसले देशका लागि त्याग, बलिदान तथा लोकतन्त्र परिवर्तन ल्याउन आहुति दिए ती सहिद हुन् । यहाँ त दुर्घटना, हुलदंगा तथा अन्य घटनामा परेकालाई पनि सहिदको दर्जामा राखिएको छ । यो जसले देशका लागि ज्यान दिए तिनीहरूको सिधै मानमर्दन भएको छ । त्यसैले सहिदको पुन: परिभाषित हुन जरुरी छ ।
सहिद त्यस्ता व्यक्ति हुन् जसले आºनो ज्यानको कुनै माया नमारी देशका लागि लडेर सहादत प्राप्त गरेको हुन्छ । ऊ कुन उद्देश्यका लागि लडेको छ । उसले अवलम्बन गरेको माध्यम के हो र कुन आस्थाका आधारमा उभिएको छ त्यो हेरिनुपर्छ । तर, यहाँ त्यस्तो हेरेको पाइन्न । आºना इच्छा लागेकालाई सहिद बनाइदिएका छन् । अझ यो दोस्रो जनआन्दोलनपछि झनै बढेको छ । तसर्थ सहिदको सही परिभाषा गरेर त्यस्ता मान्छेको सम्मान गरिनुपर्छ ।
प्रतिक्रिया