दैलखबाट विस्थापित भई सुर्खेतमा रहेका पत्रकारको सुरक्षाका लागि सरकारले के गरिरहेको छ ?

दैलेखमा भएको झडपका कारण केही समय त्यहाँको सुरक्षा अवस्था केही असहज रह्यो । दैलेखस्थित विपक्षी राजनीतिक दलका कार्यकर्ताले प्रधानमन्त्री तथा एमाओवादी अध्यक्षलगायत नेताहरूको विरोधमा प्रदर्शन गरे । यसले दुवै पक्षमा आक्रोशको अवस्था पैदा गरायो । अहिले दैलेखमा शान्ति सुरक्षाको अवस्था असहज छैन । हिजै मात्र प्रधानमन्त्री डा. बाबुराम भट्टराई र उपप्रधान तथा गृहमन्त्रीमार्फत पत्रकारको सुरक्षाको लागि आवश्यक निर्देशन दिइसक्नु भएको छ । हामीहरूले पनि त्यहाँ स्थित प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसँग कुरा गर्दा बाहिर भनिएजस्तो असुरक्षा नभएको जानकारी आएको छ । त्यहास्थित पत्रकारहरूको सुरक्षामा कुनै अफट्यारो नभएको खबर पाएका छाँै । सत्तापक्षीय एमाओवादी र विपक्षी दलका कार्यकर्ताबीच सामान्य झडप हुँदा त्यसको सिकार सञ्चारकर्मी हुन पुगे । सुरक्षा अवस्थाप्रति चिन्ता व्यक्त गर्दै सुर्खेत पुगेका दैलेखका सञ्चारकर्मीहरू अब आफ्नो कार्यक्षेत्र दैलेख गई निर्धक्कसँग काम गर्न सक्छन् । गृह मन्त्रीबाट पनि त्यहास्थित सुरक्षा निकायलाई आवश्यक निर्देशन दिइसकेको छ ।

प्रतिक्रिया