प्रमुख राजनीतिक दलहरू मुलुकको शान्तिप्रक्रिया र बिग्रदो राजनीतिक अवस्थाप्रति गम्भीर हुन सकेनन् भने दैलेखमा भएको घटनाजस्तै मुलुकका अन्य स्थानमा पनि हुन सक्छन् । यसरी विपक्षीले आन्दोलन गर्ने र सत्तापक्षले जनपरिचालन गर्ने नाममा मुलुकको शान्तिप्रक्रियालाई खतरामा पारिरहेका छन् ।
एमाओवादी, कांग्रेस, एमाले, मधेसी मोर्चालगायत राजनीतिक दलबीच मुलुकको बिग्रदो राजनीतिक अवस्था र शान्तिप्रक्रियाप्रति गम्भीर बन्नै पर्छ । जसरी बाह्रबँुदे राजनीतिक समझदारीदेखि शान्ति सम्झौतालगायत विभिन्न समयमा भएका सहमतिमा मुलुकमा दोस्रो जनआन्दोलन, संविधानसभा, गणतन्त्रजस्ता उपलब्धि हासिल गर्न सफल भयाँै त्यसरी नै आगामी दिनमा पनि राजनीतिक दलहरू एकजुट हुनु जरुरी छ । मुलुकसामु देखा परेको राजनीतिक संकट, संवैधानिक रिक्तता र शान्तिप्रक्रियाजस्ता समस्या समाधान गर्न प्रमुख दलहरूबीच वार्ता, संवाद र सहमति अपरिहार्य छ । दैलेख घटनासम्बन्धमा सरकारले सबै पक्षको सहभागितामा निष्पक्ष, स्वतन्त्र र उच्चस्तरीय आयोग बनाएर छानबिन गर्नुपर्छ । साथै, यस घटनाबाट पाठ सिक्दै आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन सबै दलका नेतृत्वबाट सार्वजनिक प्रतिबद्धता प्रकट गर्नै पर्छ ।
प्रतिक्रिया