अहिलको अवस्थामा राजनीतिक दलहरूले कसरी अगाडि बढ्नुपर्ला ?

अहिलेको अवस्थामा सबै राजनीतिक शक्तिलाई मिलाएर मुलुकसामु खडा भएका समस्या समाधान गर्न सत्ता पक्षले केही त्याग गर्नै पर्छ । मुलुक विघ्न संकटमा परेका बेला आन्दोलन र उत्तेजनामा जानुभन्दा पनि सबै राजनीतिक शक्तिसँग वार्ता, संवाद र सहमतिको वातावरण बनाउनुपर्छ । सबैभन्दा ठूलो दलका नेताहरू नै राजनीतिक छलकपट गर्दै बेला–बेलामा कुरा बदल्दै गर्ने परिपाटीले राजनीतिक नेतृत्वप्रति जनताको भरोसा, विश्वास र आशा रहँदैन । त्यसैले सत्तापक्षले राष्ट्र र जनताप्रति बढी जिम्मेवार भएर प्रस्तुत हुन जरुरी छ । माओवादी पनि अहिलेका राजनीतिमा शक्ति सन्तुलनका रूपमा रहेको छ । मुलुक र जनताले बेहोर्नु परेको सास्तीसँगै यसको नोक्सान उसले पनि बेहोर्नुपर्ने हुन्छ । १० वर्षको अवधिका १७ हजारभन्दा बढी जनताले अकालमै ज्यान गुमाउन पुगे । उनका आफन्त र परिवारले उक्त पीडा अहिले पनि बेहोरिहेका छन् । अझै पनि मुलुकमा आन्दोलन र विद्रोहका कुरा गरेर मुलुक र जनतालाई दु:ख दिने काम कसैबाट हुनुहँुदैन । सर्वप्रथम यो मेरो राष्ट्र हो र त्यसपछि मेरो पार्टी हो भन्ने भावना सबैमा जागृत हुनु आवश्यक छ ।

प्रतिक्रिया