फ्यानहरू प्रेम– प्रस्ताव राख्छन्

Sumnima-Dewanमिस मंगोल २०११ को उपाधि मेरो पोल्टामा परेपछि केही चर्चासँगै मैले फ्यानहरूको साथ पनि राम्रै पाएकी छु । कार्यक्रमहरूमा खासै सहभागी नभए पनि मैले फेसबुकबाट भने फ्यानहरूसँग मिल्ने अवसर निरन्तर पाइरहेकी छु ।
मैले अहिलेसम्म पाएका फ्यान विशेष गरेर सकारात्मक सोच भएका मात्र पाएकी छु भन्दा हुन्छ । मेरो जन्मदिनको अवसरमा मेरा फ्यानहरूले फेसबुक वाल र फ्यान पेजमा धेरै म्यासेज पठाइरहेका हुन्छन् । मलाई कत्ति फ्यानहरूले त भेटेरै ‘विस’ गर्न खोजिरहका हुन्छन् । तर, त्यस्ता मलाई प्रत्यक्ष भेट्न खोज्ने धेरैजना फ्यानहरूको प्रस्तावमा चाहिँ म सहमति जनाउँदिन ।
भ्यालेन्टाइन डे को दिन फ्यानहरूका लागि निकै विशेष रहेको मैले अनुभूत गरेकी छु । फ्यानहरूमध्ये मलाई दश प्रतिशत जतिले त प्रेम प्रस्ताव नै राखेका छन् । धेरै केटा फ्यानहरू फेसबुकमा म्यासेज लेख्दै मैले कसैलाई प्रपोज गरेको थिएँ र सफल पनि भयो भनेर म्यासेज पठाइरहेका हुन्छन् । मलाई प्रेम प्रस्ताव राख्ने फ्यानहरू पनि नराम्रोचाहिँ होइनन् । मेरो करियर र मेरो ट्यालेन्टको खुबै प्रशंसा गर्छन् । फ्यानहरू मेरा सकारात्मक र नकारात्मक दुवै पक्षबारे कमेन्ट गर्छन् । मेरा केही कमी–कमजोरीलाई फेसबुकमा कहिलेकाहीँ एक–दुईजना फ्यानले औँल्याई दिएका पनि छन् । मलाई अझ बढी मेरा फ्यानहरूले मेरो भलाइका लागि यसरी नै मेरा कमी–कमजोरीहरू औँलाईदिए हुन्थ्यो भन्ने लागिरहन्छ ।
रमाइलो प्रसंग पनि छ । म ‘मिस मंगोल’ भएपछि मेरो ट्यालेन्टको प्रशंसा गर्नेहरू निकै पाएकी थिए । उनिहरू अहिलेसम्म पनि मलाई जुनसुकै कार्य गर्दा सल्लाह दिन्छन् । ‘मिस मंगोल २०१२’ का प्रतियोगीहरूलाई काठमाडांैमै ओरियन्टेसन क्लास दिन गएको बेला मेरो प्रतियोगिताका सहभागी फ्यानहरूसँग मिल्ने मौका पाएकी थिएँ । उनीहरू मलाई देख्ने बित्तिकै एकदम एक्साइटेड पनि भएका थिए । मैले सो स्टेजमै पहिलोचोटि फ्यानको क्रेज देखेकी र अनुभूत पनि गरेकी थिएँ ।
प्रतियोगितामा आउने सम्पूर्ण प्रतियोगीले मेरो खुबी र प्रतिभाले प्रभावित भएकैले मिस मंगोल प्रतियोगितामा पनि सहभागी भएको बताएका थिए । मेरा बारेमा प्राय: सबै कन्टेन्स्टेन्टहरू जानकार रहेछन् । उनीहरूले मलाई नजिकबाट नियालिरहेका रहेछन् । मैले यतिका फ्यानहरू पाउँछु भन्ने सोचेको थिइनँ । मिस मंगोलको उपाधि जितिसकेपछि सीमित वृत्तमा मात्र परिचित मलाई फ्यानहरूको माया र सद्भावले यस क्षेत्रमा सक्रिय बनाइरहेको छ ।
मैले अहिलेसम्म पाएका फ्यानहरू सबै आपैँmमा सक्षम र सवल भएकाले महत्त्वपूर्ण छन् । तैपनि, एकजनाको नाम लिन पर्दाचाहिँ मिस मंगोल २०१२ की फस्ट रनरअप नुमा काङ्दाङ्वाको नाम लिन चाहन्छु । उनले मेरो प्रस्तुति देखेपछि फ्यान बनेर मिस मंगोलमा पार्टिसिपेन्ट हुन पाएकी रहिछिन् । उनी आपैँmमा पनि ट्यालेन्टेड छिन्, मैले उनलाई एकजना महत्त्वपूर्ण फ्यानको रूपमा लिएकी हँु ।
आफूले अहिलेसम्म पाएका फ्यानहरूका लागि एक शब्दमा भन्नु पर्दा उनीहरू मेरा लागि ‘ब्लेसिङ’ हुन् भन्न चाहान्छु ।
प्रस्तुति : विशाल राई

प्रतिक्रिया