जीवनको खुसी : पूर्णस्वतन्त्रता

Rinpochheतपाईंको जीवनका आधारमा भन्दा, मान्छेले किन कष्ट भोग्छन् ? 
जब हामी जन्मिन्छौँ, हामीले सुन्दर र अनमोल जीवन उपहार पाउँछौँ । उमेर ढल्किँदै जाँदा हामी बिमारी पर्छौं, बुढ्यौली सामना गर्छां, अनि मृत्यु । मान्छे सधैँ बााचिरहन सक्दैन । तर, यथासम्भव राम्रो र खुसीपूर्ण जीवनयापनको कोसिस गर्छा हामी । मान्छे चाहना, लोभ, रिस र इष्र्या, घमन्ड, अज्ञानता र असन्तोषजस्ता मनोभावबाट नियन्त्रित हुन्छन् । समग्रतामा, आफ्नो वास्तविक तत्त्वबारेको चेतनाको कमीले मानिस सबै गलत ठाउँमा खुसी खोज्छन् र अज्ञानताका कारण कष्ट भोग्छन् ।
थुप्रै मानिस कठिन परिश्रम गर्छन्, धेरै पैसा कमाउँछन्, तैपनि जीवनसँग असन्तुष्ट देखिन्छन् । भौतिक दुनियाँमा रहेर पनि आध्यात्मिक जीवन हासिल गर्ने उपाय के हो ?
हामी किन काम गर्छा ? सुरुमा आफ्नै पेट पाल्न, आश्रयका लागि र आधारभूत आवश्यकता पूर्ति गर्न हामी काम गर्छा । समय बित्दै जाँदा हामी बिग्रन्छौँ र सबै विषय आफूखुसी हेर्छौं । विस्तारै भुल्छौँ, हामी किन काम गर्छा भन्ने र कामबाट अपेक्षा बढाउन थाल्छौँ । हामी आफ्नो हैसियत स्थापित गर्न, धन कमाउन, सम्मान कमाउन चाहन्छौँ । आध्यात्मिक विकास बेवास्ता गर्दै, हामी भौतिक सफलताको पछि लाग्छौँ र बहुमूल्य श्वासबारे बिर्सन्छौँ । हामीले आफ्नो काममा मग्न हुँदै त्यसलाई महत्त्व दिनुपर्छ तर कामले पूर्णरूपमा निल्न नपाओस् ।
जब हामी कामसँग बढी लगाव राख्छौँ, हामी जीवन कति महत्त्वपूर्ण छ भन्ने बिर्सन्छौँ । हामी यो दुनियाँमा एउटा उद्देश्यले आएका छौँ र हामीले हाम्रो अस्तित्वको अर्थ खोज्नुपर्छ । जीवनको उद्देश्य सही स्वतन्त्रता पत्ता लगाउनु र तपाईंको वास्तविक अस्तित्व पत्ता लगाउनु होइन ? स्वतन्त्रता भनेको मध्याह्नसम्म सुत्नु र काम नगर्नु होइन । स्वतन्त्रता भनेको तिम्रो कामका माध्यमले तिम्रो सिर्जनात्मकता बाहिर निकाल्ने क्षमता हो । आध्यात्मिक जीवन बाँच्नु भनेको दैनन्दिन जीवनका काम गर्दै कसैप्रति लगाव नराख्नु र वास्तविक रूपमा स्वतन्त्र हुनु हो ।
सार्थक जीवन अघि बढाउन प्रयास गर्ने तर हराएझैँ हुने र अवसादमा जाने व्यक्तिबारे के भन्नुहुन्छ ?
रिन्पोछे : हामी सबैलाई गुरु चाहिन्छ जसले हामीलाई निर्देशन दिन र जीवनको गोप्य सारसँग परिचित गराउन सक्नुहुन्छ । तपाईंले निश्चय नै पैसा वा प्रभावबाट यी शिक्षा किन्न सक्नुहुन्न । तपाईं यी पवित्र शिक्षाको लायक हुनुपर्छ । एक सही गुरुका लागि तपाईंमा आदर र समर्पण हुनुपर्छ जसले तपाईंलाई आध्यात्मिक मार्गमा सफलतापूर्वक डोर्‍याउन सक्छ । गुरुले जीवन कसरी उत्सवपूर्ण बनाउने भन्ने देखाएर तपाईंको बल पत्ता लगाउन मद्दत गर्नुहुन्छ । गुरुको प्रेम र निर्देशन हासिल भएपछि तपाईं भ्रमित नहुने वा अन्त्यहीन विषादमा नपर्ने निश्चित हुन्छ ।
यही क्षणमा बाँच्न चाहनेलाई तपाईं के सल्लाह दिनुहुन्छ ?
मेरो परम्परामा हामी मानिसलाई जागृत गर्दै उनीहरूलाई आफ्नो वास्तविक प्रकृति र जीवनमा उनीहरूको उद्देश्य के हो भन्ने ज्ञान दिन्छौँ । प्रत्येक व्यक्तिसँग, जति धनी र शक्तिशाली भए पनि असुरक्षाको भाव हुन्छ । म मेरा विद्यार्थीलाई नि:सर्त ज्ञानसँग परिचय गराएर असुरक्षा र भयबाट स्वतन्त्रता हासिल गर्न मद्दत गर्छु जुन कसैले अनुभव गर्नसक्ने सबैभन्दा पूर्ण र सुखदायी अवस्था हो । मानिसहरूले आफू को हो भन्ने पत्ता लगाउन र उनीहरूको जीवन कति महत्त्वपूर्ण छ भन्ने अनुभव गर्न आफूलाई केन्द्रित गर्नुपर्छ भन्ने मलाई लाग्छ । करुणामयी हुँदाका कति धेरै फाइदा छन् भन्ने जान्नु आवश्यक छन् । हामी ज्ञान प्राप्तिका लागि भोको हुुनुपर्छ ताकि हामीले आफू र अरूलाई दु:खबाट मुक्त गर्न सकौँ । हामीले आफूलाई अलग राख्नै नसक्ने यो पूर्ण ज्ञान हासिल गर्नु सबैभन्दा आवश्यक छ । यो ज्ञान आध्यात्मिक साधना तथा गुरु र उहाँको परम्पराको आशीर्वादबाट उजागर हुनुपर्छ ।
धेरै व्यक्ति आफ्नो सम्पत्तिप्रति बढी नै लगाव राख्छन् । भौतिक दुनियाँप्रति बढी नै लिप्त हुने व्यक्तिहरूका लागि तपाईंको के सुझाव छ ?
जीवन उत्सव मनाउनका लागि अमूल्य उपहार हो । जब मानिस रिसाउँछन् वा दु:खी हुन्छन्, म उनीहरूलाई मर्नुअघि तपाईंसँग दुई वा तीन श्वासमात्र बाँकी भएको कल्पना गर्नुहोस् त भनेर आग्रह गर्छु । त्यसपछि म उनीहरूलाई सबैभन्दा महत्त्वपूर्ण चिज के छ भनेर सोध्छु । सबैभन्दा महत्त्वपूर्ण चिज हाम्रो श्वास, हाम्रो जीवन हो । तपाईंको जीवन भरिपूर्ण बनाउनुहोस् र भोलि हुँदैन भनेजसरी बाँच्नुहोस् । छिमेकीप्रति दयापूर्ण हुनुहोस्, के थाहा फेरि उनीहरूलाई देख्न पाइनेछ वा नपाइनेछ । तपाईंको सम्पत्ति बाँड्नुहोस्, के थाहा अर्को मौका आउँछ वा आउँदैन । यसरी बाँच कि यही तिम्रो अन्तिम क्षण हो । जोसँग भए पनि उत्सवपूर्ण हुने प्रयास गर्नुहोस् र तपाईं जे गरिरहनुभएको छ, त्यसैमा आनन्द लिनुहोस् । विषयहरूलाई धेरै गम्भीरतापूर्वक पनि नलिनुहोस् । जीवनका सबैचिज क्षणभंगुर र सपनाझैँ छन् । यदि तपाईंसँग भौतिक सम्पत्ति छ भने कुनै समाजसेवी संस्थालाई दिनुहोस् । यदि तपाईंले आफ्नो सम्पत्ति जम्मा गरेर राख्नुभयो भने तपाईं आध्यात्मिक रूपमा गरिब हुनुहुन्छ र जीवनको उत्सव मनाउन असमर्थ हुनुहुन्छ ।
तपाईंका लागि खुसी के हो ? कसैलाई अरूलाई सहयोग गर्दा खुसी लाग्छ, कसैलाई पार्टी गर्दा । अध्यात्म र खुसीबीच के सम्बन्ध हुन्छ ?
मेरा लागि पूर्ण स्वतन्त्रता नै वास्तविक खुसी हो । मबाट मेरो स्वतन्त्रता छिन्ने एउटै चिज मेरो बानीपरस्त दिमागले गराउने काम हो । त्यसैले मैले मेरो दिमागलाई कसरी बुद्धिमत्तापूर्ण जोड्ने भन्ने सिक्नु आवश्यक छ । यदि म खुसी बन्न चाहन्छु भने मैले सबैजना खुसी बन्न चाहन्छन् भन्ने दिमागमा राखेर सुरु गर्नुपर्छ । हामीले सबैको खुसीप्रति चासो राख्नुपर्छ, आफ्नोमात्र होइन । पृथ्वीमा सात अर्बभन्दा बढी मानिस छन् । अरू असंख्य जीवजनावर पनि । यदि तपाईं खुसीको आफ्नो सानो दुनियाँमा बाँच्न खोज्नुभयो भने तपाईं वास्तविक रूपमा खुसी बन्न सक्नुहुन्न । आफ्नो लागि मात्र खुसी हासिल गर्नु साह्रै छोटो सोचाइ हो । यदि तपाईं खुसी बन्न चाहनुहुन्छ भने कसरी अरूलाई खुसी बनाउन सकिन्छ भन्ने सोच्नुहोस् र त्यसमा काम गर्नुस् ।
समाजसेवाले कसरी खुसीको प्रवद्र्धन गर्छ ?
तपाईं दयालु हुनुभयो भने तपाईं दिनुमा भरिपूर्ण महसुस गर्नुहुन्छ । समाजसेवा जीवन उत्सवपूर्ण बनाउने एउटा तरिका हो । दयालु मानिससँग प्राप्त गर्ने मानिससँग भन्दा बढी भरिपूर्णताको अनुभव हुन्छ भन्ने म महसुस गर्छु । दयालुपनाले तिम्रो लगाव कम गर्दै सक्षमता र स्वतन्त्रता जन्माउँछ । जब तपाईं आफ्नो सम्पत्ति बाँड्न सक्षम हुनुहुन्छ, दयालुपना तपाईंको आफ्नै लक्ष्य हासिल गर्ने माध्यम बन्छ । समाजसेवी हुनु भनेको सम्पूर्णतामा बाँच्नु हो ।
‘यही क्षणमा बाँच्नु‘ भनेको के हो ?
यही क्षणमा बाँच्नु भनेको विगत, वर्तमान र भविष्यबाट स्वतन्त्रता प्राप्त गर्नु हो । समय, धारणा र सर्तहरूबाट मुक्ति । कुनै पुरस्कारको आशाबाट मुक्ति । यही क्षणमा बाँच्नु भनेको यही क्षणलाई पूर्ण आत्मसात गर्नु हो र यो क्षण यही रूपमा पूर्ण छ । यही क्षणमा बाँच्नु नै सबैथोक हो ।
धेरै युवा फेसबुक र ट्विटरमा झुम्मिन्छन् वा पूरा दिन आइफोन वा आइपडमा बिताउँछन् । यी प्राविधिक विकासले मानिसलाई यही क्षणबाट बाँच्नबाट रोक्छन् भन्ने तपाईंलाई लाग्छ ?
धेरै तीक्ष्ण र प्रतिभाशाली मानिसले हाम्रो फाइदाका लागि यी चिज रचना गरेका हुन् । यस्ता आविष्कारले मानव जातिलाई विकास गर्न र अघि बढ्न मद्दत गर्छन् । तर, यदि हामीले प्रविधिलाई विनाशकारी उद्देश्यले प्रयोग गर्‍यौँ भने (आणविक हतियारजस्तै) हामी जीवन नष्ट गर्छौं । हामीले सकारात्मक उत्प्रेरणाले हाम्रो र अरूको फाइदाका लागि प्रयोग गर्‍यौँ भने इन्टरनेट र सेलफोनजस्ता उपकरणले हाम्रो जीवन समृद्ध बनाउँछन् । महत्त्वपूर्ण कुरा उपकरण होइन, हामी कसरी यसको प्रयोग गर्छौं भन्ने हो ।
फेसबुक र ट्विटरजस्ता चिजले हामीले अर्थहीन बेचैनीमा फसाउन सक्छन् भन्ने गरिन्छ । हामीले के जान्नुपर्छ भन्ने मुख्य कुरा जीवन पूरापूर बाँच्नु हो । हामी आफैँसँग सन्तुष्ट र पूर्ण हुन सकेनौँ भने अब आउने नयाँ उपकरणले पनि चमक हराउनेबित्तिकै हामीलाई आकर्षण गर्न छाडिहाल्छ । प्रविधि आफैँमा हाम्रो समस्याको कारण होइन । यी उपकरण प्रयोग गर्दा आउने भ्रमपूर्ण सोच र भावनाप्रति भने हामी जागरुक हुनु जरुरी हुन्छ । हामीले यी सैतानलाई कसरी प्रयोग गर्ने भन्ने सिक्नुपर्छ । म प्रत्येक व्यक्तिलाई कम्तीमा दिनको पाँच मिनेट संगीत, भिडियो गेम, सेलफोन वा इन्टरनेटविना बिताउन आग्रह गर्छु । शान्त ठाउँमा आफैँसँग मात्र हुनुहोस् । ध्यान गर्नुहोस् र आफ्नो दिमागलाई जागरणसँग जोड्नुहोस् ।
ग्ल्यामर, फेसन र कस्मेटिक सर्जरीको दुनियाँबाट सुन्दरता प्राप्त गरिरहेका महिलाबारे के सोच्नुहुन्छ ?
प्राकृतिक र स्वाभाविक रूपमा छँदा महिला सुन्दर हुन्छन् । कस्मेटिक सर्जरी, मेकअप र फेसनले कुनै महिलाको सुन्दरता बढाउन त सक्छन् तर ती सधैँलाई होइन । महिलाको जन्मजात नारीसुलभ स्वभाव नै आकर्षक हुन्छ । पूर्ण सुन्दरता आफैँ हुनु हो । एउटा महिलाले आफूलाई चिन्नुपर्छ र आफ्नो नारीसुलभ गुणप्रति गर्व गर्नुपर्छ– योभन्दा आकर्षक अरू केही हुनै सक्दैन । बौद्ध देवीतारा भन्छिन्, ‘सबै प्राणीले ज्ञान हासिल नगरेसम्म म उनीहरूको फाइदाका लागि महिला स्वरूपमा रहन्छु ।’ त्यसैले सर्वाधिक सुन्दर देवी ताराले जसरी भित्री स्वतन्त्रता हासिल गर्नुहोस् ।
इन्टरनेटले पोर्नोग्राफी हेर्न सजिलो पारिदिएको छ, वान–नाइट स्ट्यान्ड पनि गर्छन् मान्छेहरू, मानिसका इच्छा असीमित देखिन्छन् र कहिल्यै सन्तुष्ट हुन सक्दैनन्, किन ?
पोर्नोग्राफी हेर्ने वा वन–नाइट–स्ट्यान्ड गर्नेहरू बाहिरी स्रोतबाट आनन्द खोजिरहेका छन् । यदि तपाईंले यौनिकतालाई आफ्नो शारीरिक आवश्यकता पूरा गर्न मात्र प्रयोग गर्नुभयो भने तपाईंले कहिल्यै सन्तुष्ट अनुभव गर्नुहुने छैन । मन र शरीरको शारीरिक सम्बन्धले पूर्ण सन्तुिष्ट प्रदान गर्छ । तिब्बती बौद्ध प्रार्थनामा उल्लेख भएअनुसार आफ्नो पति वा पत्नीलाई सन्तुष्ट पार्नु सबैभन्दा ठूलो उत्सव हो । यौन स्वार्थपूर्ण इच्छा मात्र हुनु हुँदैन । यो जीवनको आनन्द मनाउने एउटा उत्सव हो । मेरो सल्लाह तपाईंको आफ्नै जीवन उत्सवपूर्ण बनाउने हो र आफूलगायत सबैप्रति प्रेम महसुस गर्नुहोस् । आफूलाई प्रशंसा गर्नुहोस् र गर्वित अनुभव गर्नुहोस् । आफैँसँग आनन्दित हुनुहोस् र भरिपूर्ण महसुस गर्नुहोस् ।

(रिन्पोछेको किताब ‘प्रत्येक श्वासमा आनन्द’बाट)

प्रतिक्रिया