पत्रकार डेकेन्द्र थापालाई ज्यूँदै गाडिएको घटनालाई कसरी लिनु भएको छ ?

माओवादी सशस्त्र द्वन्द्वताका राज्य तथा तत्कालीन विद्रोही पक्ष माओवादीबाट प्रसस्त मानवअधिकार उल्लंघनका घटनाहरू भएका छन् । कतै निर्दोष नागरिकलाई अपरहण गरी बेपत्ता बनाइएको छ भने कतै निर्मम यातना दिएर हत्या गरिएका घटना भएका छन् । त्यस्तै पत्रकार डेकेन्द्र थापाको हत्या पनि एउटा प्रतिनिधि घटना हो । यस घटनामा संलग्नलाई कारबाही गर्न राज्य जसरी तत्पर भएर लाग्यो, अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली सेनाका महासेनानी कुमार लामाको गिरफ्तारी गरेर तातेजस्तो देखिएको छ । माओवादी सशस्त्र द्वन्द्वका क्रममा भएका हत्या, अपहरण, ज्यादती, यातनामा संलग्न जोकोहीलाई पनि राज्यले निष्पक्ष र स्वतन्त्र तबरबाट अनुसन्धान गर्नुपर्छ । पीडकलाई दण्ड–सजाय र पीडितलाई राहत तथा क्षतिपूर्ति राज्यले जतिसक्दो चाँडो गर्नुपर्छ । विस्तृत शान्ति सम्झौता गर्दा राजनीतिक दलका नेताहरूले जे–जस्ता बुँदामा वाचा गरेका थिए, ती वाचा र प्रतिबद्धता पूरा गरेर पीडितलाई न्याय दिलाउनु राज्यको दायित्व र कर्तव्य हो । राज्य तथा विद्रोही पक्षबाट भएका यातना, अपरहण, बेपत्ता, हत्यालगायतका मानवअधिकार हननका घटनामा संलग्न (आदेश दिने र गर्ने) जोकोहीलाई पनि राज्यले विद्यमान कानुनअनुसार दण्ड सजायको भागिदार बनाउनै पर्छ । यसले मात्रै द्वन्द्वकालमा पीडित नागरिकलाई राज्यले न्याय दिए के ठहरिनेछ ।

प्रतिक्रिया