‘युज’को अडियो सार्वजनिक

काठमाडौं : चलचित्र ‘युज’को अडियो सार्वजनिक भएको छ । राजधानीमा एक समारोहबीच अडियो सार्वजनिक गरिएको हो । सन्तोष प्रगाडको संगीत रहेको चलचित्रको अडियो सार्वजनिक कार्यक्रममा संगीतकार प्रगाढको उपस्थिति भने थिएन ।
चलचित्रमा ‘सुस्तरी यो हावा’, ‘हे साथी’, ‘पिडिउ पिडिउ’ र ‘चोर्‍यौ चोर्‍यौ’ तिमीले लगायत बोलका चार गीत रहेका छन् । यी गीतमा कुशल थुलङ लिम्बू, स्कृति शाही, सन्तोष प्रगाढ, सृष्टि रावललगायतका स्वर समेटिएको छ । राजेश श्रेष्ठ, शंकर अधिकारी घायलका शब्द रहेको चलचित्रको निर्माण निर्देशन बाबु बलामीले गरेका छन् । चलचित्र आगामी माघमा प्रदर्शनमा ल्याइने निर्माण पक्षले जनाएको छ । (सौस)

प्रतिक्रिया