‘स्काइफल’को कमाइ एक अरब अमेरिकी डलरभन्दा बढी

लस एन्जलस : हलिउड अभिनेता डेनियल क्रेग अभिनित जेम्स बन्डको सिरिज चलचित्र स्काइफलले एक अरब अमेरिकी डलरभन्दा बढी कमाइ गरेको छ ।
कमाइको हिसाबले भन्ने हो भने ००७ मा निमार्ण भएका चलचित्रको सिरिज बनेका मध्ये सबै भन्दा बढी कमाई गर्ने चलचित्र स्काइफल बनेको छ ।
सैम मेन्डेसको निर्देशनमा बनेको यो चलचित्र ब्रिटिस जासुसको विषयमा निर्माण भएको तेस्रो चलचित्र हो भने यसमा क्रेगले अभिनय गरेका छन् । २०१२ मा हलिउड चलचित्र क्षेत्रमा निर्माण भएका अनेकौँ चलचित्र मध्ये एक अरब डलरभन्दा माथि कमाई गर्ने तीन चलचित्रमध्ये यो पनि एक हुन सफल भएको हलिउडका मिडियाहरूले जनाएका छन् ।
यसको अलवा हलिउडमा डिज्नी एन्ड मार्वेलको अवेन्जर्स १.५१ अरब डलर र वार्नर ब्रदर्सको चलचित्र द डार्क नाइट राइसेजले १.०८ अरब डलर बराबरको कमाइ गरेको छ ।
यो वर्ष हलिउडमा निर्माण भएका १४ चलचित्रले एक अरब डलरको कमाई पार गरेको अनुमान पनि गरिएको छ । आडक चलचित्र स्काइफलले आफ्नो घरेलु बजारमा मात्र १५.८६ अरब डलर र अन्तर्राष्ट्रिय स्तरमा ३८.९२ बराबरको कमाइ गरेको छ । ने इयोन प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र जेम्स बन्डको सिरिजमा बनेको २३औँ चलचित्र हो । क्रेगको अलावा चलचित्रमा जेवियर बार्डेम, जुडी डेन्च र राल्फ फिएनेसले मुख्य भूमिका निर्वाह गरेका छन् । (एजेन्सी)

प्रतिक्रिया