सेक्सी डिजेले नेपाल चिनिनन्

काठमाडौं : विश्वकै सेक्सी डिजे भनी चिनिएकी रसियाली सुन्दरी मारिया फरारीले नेपाल चिनिनन् । नेपाल तताउन भन्दै सोमबार पहिलोपटक नेपाल आएकी फरारीले नेपाल आउनुपूर्व आफ्नो ट्विटर र फ्यान पेजमा आफू पहिलोपटक तिब्बत नेपालमा आफ्नो प्रस्तुति देखाउन जान लागेका लेखेकी छन् । उनको यो वाक्यांशले प्रस्ट हुन्छ कि उनले नेपाल चिनेकी छैनन् ।
फरारीले यसअगाडि आफ्नो ट्विटर र फ्यान पेजमा माउनट
एभरेस्टको देशमा न्यु इयर इभ मनाउन आउँदैछु भनेर लेखेकीे थिइन् । जसका कारण नेपाली फ्यानहरू उनिप्रति निकै प्रसन्न भएका थिए । तर, उनले फेरि आफू पहिलोपटक तिब्बत नेपालमा आफ्नो प्रस्तुति देखाउन जान लागेका लेखेर नेपाली फ्यानलाई दु:खी बनाइन् ।
युरोपका पार्टीहरूमा निकै कम लुगा लगाएर डिजेइङ गरेकाले छिट्टै चर्चा कमाएकी यी सुन्दरीले मंगलबार बिहानसम्म ह्यात होटलमा डिजेइङ गरिन् । सन् २००७ देखि डिजेइङ सुरु गरेकी फरारीले आफ्नो कामुक प्रस्तुतिका कारण व्यस्त डिजेको पंक्तिमा उभिएकी छन् भने विश्वमा उनको चर्चा दिन प्रतिदिन बढ्दै छ । (सौस)

प्रतिक्रिया