लोहान एडल्ट चलचित्रमा

लन्डन : हलिउड अभिनेत्री लिन्ड्से लोहानले अब एडल्ट चलचित्रमा अभिनय गर्ने भएकी छन् । वयस्कका लागि मात्र भनेर निर्माण हुन लागेको एक चलचित्रमा काम गर्ने सहमतिसमेत जनाएकी छन् । लोहानको अभिनय करियर अवकासको अवस्थामा रहेको र उनीसँग कुनै हलिउड निर्माता निर्देशकले काम गर्न नचाहेका कारण लोहान एडल्ट चलचित्रतिर ढल्किएको हलिउडको वेबसाइट सोबिज स्पाई डट कमले जनाएको छ ।
उनले अभिनय अनुमति जनाएको एडल्ट चलचित्र नादिया सुलेमानले निर्माण गर्न लागेका हुन् । चलचित्रको नाम आक्छामास राखिएको छ । नादियाले चलचित्र पूरै वयस्कका लागि भनेरै निर्माण गर्न लागेका हुन् । वयस्कका लागि मात्र निर्माण हुन लागेको यस चलचित्रलाई अमेरिकी चलचित्र क्षेत्रमा पोर्न फिल्मको दर्जा दिइएको छ । यसअगाडि नै धेरै विवादमा घेरिएकी लोहानले ती विवादबाट उम्कन अचेल वकिललाई धेरै रकम दिनु परिरहेको छ । त्यसैले पनि उनलाई एडल्ट चलचित्रमा काम गर्नु परेको एजेन्सीले समाचारमा जनाएको छ । (एजेन्सी)

प्रतिक्रिया