थोते जर्नेलको तेस्रो संस्करण सार्वजनिक

काठमाडौं : उपन्यासकार लक्ष्मीप्रसाद तिमल्सिनाको चर्चित उपन्यास ‘थोते जर्नेल’को तेस्रो संस्करण सार्बजनिक भएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा उक्त पुस्तक सार्बजनिक गरिएको हो ।
पहिलो र दोस्रोको सफलता पछि आफूले तेस्रो संस्करण बजारमा ल्याएकोले यसले पनि पाठकको मन जित्नेमा आफू ढुक्क रहेको तिमल्सिनाले बताए । तिमल्सिनाले तेस्रो संस्करण १० हजार प्रति प्रकाशनमा ल्याएका छन् । आफ्नै बुबा पुण्यप्रसाद तिमल्सिना र आमा उमादेवी तिमल्सिनाप्रति समर्पित गर्दै ल्याएको यो पुस्तकलाई झरी प्रकाशनले बजार व्यवस्थापन गरेको छ । (सौस)

प्रतिक्रिया