टिनाको रोमान्स राजीवसँग

मुम्बई : अभिनेत्री टिना देसाईको राजीव खण्डेलासँग रोमान्स चलेको छ । यी दुवैले वास्तविक जीवनमा नभएर चलचित्रको पर्दामा रोमान्स गरेका हुन् । आदित्य दत्तद्वारा निर्देशित चलचित्र ‘टेबल नम्बर २१’ मा देसाईले राजीवका साथ रोमान्स गरेकी हुन् ।
सन् २००८ मा राजकुमार गुप्ताले निर्माण गरेको चलचित्र ‘अमिर’बाट चलचित्र अभिनयमा प्रवेश गरेका राजीव यस चलचित्रमार्फत पुनरागमन गर्दै छन् । चलचित्र ‘टेबल नम्बर २१’ एक्सन थ्रिलर चलचित्र भएको निर्माण पक्षले जनाएको छ । आगामी जनवरी चारमा चलचित्र रिलिजको तयारी निर्माण पक्षले गरेको छ ।
बलिउड चलचित्रमध्ये सन् २०१३ मा रिलिज हुने यो पहिलो चलचित्र हुनेछ । चलचित्रमा देसाई, राजीवका साथमा परेश रावल पनि मुख्य भूमिकामा रहेका छन् । चलचित्रमा गेम सोको पनि विषयवस्तुहरू राखिएको निर्देशक दत्तले बताए । यस चलचित्रको रिलिजले आफ्नो बलिउड करियरमा निकै महत्त्व हुने राजीवले ठानेका छन् भने देसाईले पनि चलचित्रबाट निकै आस गरेकी छन् । (एजेन्सी)

प्रतिक्रिया