विद्यार्थीको ‘बाठी महारानी’

काठमाडौँ : डेनमार्कको लोककथामा आधारित नाटक ‘बाठी रानी ’ मञ्चन भएको छ । शनिबार राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा उक्तनाटक मञ्चन गरिएको हो । यस उच्च माविमा अध्ययनरत विद्यार्थीहरूको सक्रियतामा मञ्चन गएिको नाटक कुनै पनि व्यावसायिक कलाकारले प्रदर्शन गरेको कलाभन्दा कम थिएन । दर्शकले भरिभराउ प्रेक्षालयमा पहिलो पटक उपस्थित भएका नवकलाकारले ‘बाठी रानी’ को बठ्याइँलाई जीवन्त प्रस्तुति गर्दा उपस्थित दर्शकहरू नाटकमै हराए ।
डेनमार्कका लेखक ज्याक्स एस म्यातफिसको लेखन रहेको नाटकमा महिला घर, परिवार, समाज र राष्ट्र निर्माणको हरेक कार्यमा पुरुषसरह लागि पर्न सक्छन् भन्ने सन्देश दिन खोजिएको छ । नाटककी मूल पात्र राजकुमारी अर्थात् प्रदिप्ती आचार्य एक गरिब सुकुम्वासी परिवारकी छोरी हुन्छिन् । राजकुमार राहुल श्रेष्ठ सिकार खेल्ने क्रममा जंगलमा बाटो बिराउँछन् र प्रदिप्तीको घरमा पुग्छन् । प्रदिप्ती साह्रै राम्री र बाठी भएको थाहा पाएर राजकुमारले विवाह गरी आफ्नो दरबारमा भित्र्याउँछन् ।
तर, राजकुमारले एक दिन आफूकहाँ न्याय माग्न आएका जनतालाई सही न्याय दिन सक्दैनन् । राजकुमारीले दिन खोजेको न्यायलाई राकुमारले अटेर गर्दै आफ्नो एकल निर्णय सुनाउँछन् । र, दरबारमा पनि आफ्नो एकल निर्णय चल्ने बताउँछन् । राकुमारको यस्तो व्यवहार असह्य भएपछि राजकुमारी दरबार छोडेर जंगल जान तयार हुन्छिन् । राजकुमारी यति बाठी थिइन् कि उनले विवाह गर्नु पूर्व नै भनेकी हुन्छिन् । यदि, मैले दरबार छोड्नु पर्ने स्थिति आयो भने मेरो प्रियवस्तु सँगै लैजान पाउनुपर्छ । राजकुमारीको यो बठ्याइँपूर्ण शब्द राजकुमारले त्यतिबेला मात्र थाहा पाउँछन्, जतिबेला उनी आफ्नी राजकुमारीसँगै जंगल पुगेका हुन्छन् ।
आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत यस उच्च माविले मञ्चन गरेको यो चौथो नाटक हो । कलेजले विद्यार्थीभित्र रहेको अन्तरनिहीत प्रतिभाको प्रस्फुटन गर्ने उद्देश्यका साथ आफ्नो थिएटर क्लबमार्फत् यस्ता नाटक प्रदर्शन गर्ने गरेको कलेजको कार्यक्रम संयोजक उधर श्रेष्ठले जानकारी गराइन् । कलेजका विद्यार्थीहरूले यस अघि ‘चरनदाश चोर’, ‘औँसीको रात’ र ‘चराहरूको सम्मेलन’ नाटक मञ्चन गरिसकेका छन् । (सौस)

प्रतिक्रिया