१२ बुँदेको औचित्य समाप्तः बैद्य

काठमाडौं, १५ पुस । नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्यले नयाँ दिल्लीमा भएको १२ बुँदे सहमतिको औचित्य समाप्त भएको बताएका छन् ।
राजधानीमा आज आयोजित कार्यक्रममा उनले दलहरुका बीच नयाँ सहमति आवश्यक रहेको बताए । पटक–पटक समय थप्दा पनि ठूला दलहरुले सहमति गर्न नसक्नु लाजमर्दो विषय रहेको उनको भनाई थियो ।
उनले नेपालका अधिकांश सञ्चार माध्यमहरु उद्योगको रुपमा रहेको बताए । उद्योग सरह रहेका कारण सञ्चारमाध्यमले स्वतन्त्र रुपमा काम गर्न नसकेको उनको भर्नाइ छ । अध्यक्ष बैद्यले च्याउ झै उम्रिएका एनजीओ र आइएनजीओले वर्गीयतालाई निषेध गरेको बताए ।

प्रतिक्रिया