उठ्ना साथ आमाको खुट्टा ढोगें

काठमाडौं : अभिनेता श्रीकृष्ण श्रेष्ठले शनिबार आफ्नो वास्तबिक उमेर लुकाउँदै जन्मदिन मनाएका छन् । बिहान ६ बजे उठेर स्नान पछि पशुपतिको दर्शन गर्न पुगेका श्रेष्ठलाई पहिलो शुभकामना उनकै आमाले दिएको बताए । उनलाई आमाले शुभकामना पछि नेवारी परम्पराअनुसार सगुन र गिफ्टहरू दिएको उनले सुनाए । तर, साथीभाइ र आफन्तहरूसँग भने उनले साँझका कार्यक्रम बनाएका थिए ।
जन्मदिनको दिन भए पनि उनले आफ्नो कर्तव्य भने भुलेनन् । त्यसैले बिहान उठ्ने बित्तिकै पहिले आमाको खुट्टा ढोगेको बताए । आगामी फागुनमा नयाँ चलचित्र बनाउने तयारी गरिरहेका श्रेष्ठको अचेल धेरै समय गौशालामा आपैँmले सञ्चालनमा ल्याएको इन्द्रेणी रेस्टुरेन्टमा बित्ने गरेको छ ।
चलचित्र पछि निर्देशक बन्ने आफ्नो सोच रहेको उनले सुनाए । अहिलेसम्म अविवाहित कहिले विवाह गर्ने भन्ने प्रश्न तेस्र्याउन नपाउँदै ‘खै मेरो विवाह किन भएको छैन मलाई नै थाहा छैन ।’ पछिल्लो समय नायिका स्वेता खड्का र श्रेष्ठ एकअर्कासँग निकै नजिक छन् । विवाह पनि हुने हो कि ? ‘हामीले विजनेश र सिनेमाको कामसँगै गरिरहेका छाँै ।’ यसैका सिलसिलमा पनि सँगै हुनेगरेका हौँ श्रेष्ठले बताए । उनले भने गौशालामा सञ्चालनमा ल्याएको रेस्टुरेन्टमा पनि स्वेता र मेरो संयुक्त लगानी छ भने गर्न लागेको नयाँ चलचित्रमा पनि उनी नायिका हुन् । अभिनेता श्रेष्ठले जन्म दिनको बारेमा स्वेतासँगको सम्बन्ध मात्र लुकाएका हैनन् । उनले उमेर पनि लुकाएका छन् । यो तपाईंको कतियौँ जन्म दिन हो ? प्रश्नमा श्रेष्ठले भने चलचित्रमा लागेको २४ वर्ष भयो । (सौस)

प्रतिक्रिया