विदेशमा अध्ययनसँगै कलाकारिता

बाल्टिमोर : अमेरिकामा उच्च शिक्षा अध्ययनसँगै मोडलिङलाई करिअर बनाउन लागिपरेकी छन् अपला उपाध्याय । पुरानो बानेश्वर घर भई विगत पाँच वर्षदेखि बाल्टिमोरमा बस्दै आएकी २३ वर्षीया अपला अध्ययनसँगै मोडलिङमा पनि सक्रिय रहन थालेकी हुन् ।
मे २०११ मा मोडलिङ क्षेत्रमा प्रवेश गरेकी उनले सन् २०१२ को अन्तिमतिर मात्र आधा दर्जनभन्दा बढी र्‍याम्पमा उत्रिएको सौर्यसित बताइन् । बायोटेक्नोलोजीमा स्नातक तहको अध्ययन पूरा गरेकी अपलाले भनिन्, ‘मेरो रुचीको क्षेत्र भएकाले यसैमा स्थापित हुन कडा मिहिनेत गरिरहेकी छु ।’
उनी बाटिल्मोरको नेपाली समुदायमा सामाजिक काममा समेत सक्रिय रहेछिन् । अमेरिकाकै नेपाली समुदायमा ‘मिस एएनए’का नामबाट पनि उनी परिचित छिन् । बाल्टिमोर एसोसियसन अफ नेपलिज इन अमेरिका (बाना)को दुई वर्ष कार्यकारी सदस्य भएर काम गरिसकेकी उनी सन् २०११ को मिस एएनए हुन् । ‘समुदायमा संलग्न भएर काम गर्न र मिस एएनए बनेपछि मलाई थप हौसला प्राप्त भयो र म यसैमा निरन्तर अघि बढिरहेकी छु,’ उनले भनिन् । उनले सन् २०११ को मेमा मेरिल्यान्ड एकाडेमी अफ कचर आट्र्सले गरेको फेसन सोमा भाग लिएकी थिइन् । यसैगरी बाल्टिमोर फेसन एलायन्स फेसन नाइट आउट र सन् २०१२ मा चार्म सिटी फेसन सो, हार्वर इस्ट फेसन सो, राइजिड स्टार फर नाटालिन्स फेसन सो, ट्रेन्ड फेसन सो, बाल्टिमोर कन्ट्री क्लब होलिडे फेसन सो, एचआइभी एड्स अवारनेस फेसन सोजस्ता अमेरिकामा स्थापित कार्यक्रममा भाग लिइसकेको उनले बताइन् । (सौस)

प्रतिक्रिया