डा. भट्टराईलाई सम्मान र जोशीलाई पुरस्कार

काठमाडौं : साहित्यकार तथा समालोचक डा. गोविन्दराज भट्टराईलाई प्रतिभा सम्मान २०१२ द्वारा सम्मानित गरिएको छ । बुधबार राजधानीमा आयोजित कार्यक्रममा भट्टराईलाई सो सम्मानद्वारा सम्मानित गरिएको हो । कार्यक्रममा भट्टराईलाई टोपी, माला, दोसल्ला, नगद वीस हजार एक रुपियाँसहित ताम्रपत्र प्रदान गरिएको छ ।
त्यस्तै कार्यक्रममा प्रतिभा पुरस्कार भने कवि तथा निबन्धकार मोनिला जोशीलाई प्रधान गरियो । पुरस्कारको राशी नगद एक लाख रुपियाँ रहेका छ । नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले विगत चार वर्ष देखि यो प्रतिभा सम्मान तथा पुरस्कार प्रदान गर्दै आएको छ । कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति बैरागी काइँलाले सम्मानित तथा पुरस्कृतलाई माला, खादाका साथमा ताम्रपत्र प्रदान गरे । नेपाल प्रतिभा प्रतिष्ठान बेलायतका उपाध्यक्ष दीपक लिम्बू राईले यो पुरस्कार तथा सम्मानले आगामी वर्ष पनि निरन्तरता पाउने जानकारी गराए । (सौस)

प्रतिक्रिया