लन्डन : नृत्यको नयाँ शैली ‘गङ्नम स्टाइल’ले विश्वमै चर्चा बटुलिरहेको छ । दक्षिण कोरियाको यस डान्स स्टाइलको भिडियो य–ट्युबबाट हेर्ने दर्शकको संख्या एक अर्बभन्दा बढी पुगेको छ । अहिलेसम्म यति दर्शकले कुनै भिडियो पनि हेरेको रेकर्ड छैन । त्यसैले पनि यो भिडियो विश्वको पहिलो धेरैले हेरेको भिडियो बनेको छ । गत जुलाई महिनामा भिडियो यु–ट्युबमा राखिएको थियो । यसै भिडियोबाट पप–स्टार पिएसवाई विश्वमै चर्चित पनि बने ।
अहिले चर्चामा रहेको यो भिडियो ब्रिटिस सेना तथा थाइल्यान्डका नौसेनाले निर्माण गर्ने भिडियोको प्रेरणास्रोत समेत बनेको एजेन्सीले उल्लेख गरेका छन् । भिडियो यु–ट्युबमार्फत एकदिनमा एक करोड दर्शकले हेर्ने गरेको तथ्यांक आफूसँग भएको यु–ट्युबको मालिक गुगलले दाबी गरेको छ । यसले यसअघि हलिउड गायक जस्टिन बेबरले बनाएको बेबी भिडियोको रेकर्डसमेत तोडेको छ । पियसवाईको आकर्षक गीत र घोडाजस्ता वस्तु मिलाएर गरिएको नृत्यले यो भिडियोले सफलता हात पारेको यु–ट्युबका ट्ेरन्ड प्रबन्धक केबिन एक्लकाले बताएका छन् । (एजेन्सी)
प्रतिक्रिया