राजनको “कदम”


काठमाडौं : गायनमा नवप्रवेशीको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । यस्तैमा नवगायक राजन तिमल्सिनाले आफ्नो पहिलो आधुनिक एल्बम ‘कदम’ बजारमा ल्याएका छन् । एल्बममा डा.कृष्णहरि बराल, रीता घिमिरे र अमृत रेग्मीका शब्द समेटिएको छ भने संगीत अर्जुन पोखरेल, भरत सिटौला, गैरे सुरेस र चेतन कार्कीले दिएका छन् ।
एल्बममा तिम्रो मायाविना, नबोले नि, फूल फुलेको, धेरै धेरै, मस्तीले नाचन, कलकल बग्ने बोलका सात गीत समावेश छन् । एल्बम बजारमा आएको थोरै समयमै दर्शक–श्रोताको माया पाएकामा गायक राजन दंग छन् । आरआर क्याम्पसमा संगीत विषय लिएर अध्ययन गरिरहेका राजनले आगामी दिनमा पनि गीत–संगीतलाई निरन्तरता दिने सोच रहेको बताएका छन् । (सौस)

प्रतिक्रिया