भक्तपुर । वृत्तचित्रको प्रदर्शनबाट पत्रकार कल्याण अक्षयकोषका लागि ७५ हजार रुपियाँ संकलन गरिएका छ । भक्तपुरका क्रियाशील पत्रकारको दुर्घटना एवं अन्य स्वास्थ्य समस्यामा सहयोग पुर्याउने उद्देश्यले प्रेस चौतारी नेपाल भक्तपुर शाखाले स्थापना गरेको पत्रकार कल्याण अक्षयकोषका लागि ७५ हजार रुपियाँ संकलन गरेको शाखाका अध्यक्ष सोम शर्मा (बजगाईं) ले जानकारी गराए ।
एड्भोकेसी फोरमको सहयोगमा गणेश पाण्डेको निर्देशनमा तयार भएको १० वर्षे हिंसात्मक जनयुद्धमा बेपत्ता भएका परिवार र माओवादी तथा राज्यपक्षले नियन्त्रणमा लिएर यातना दिएका व्यक्तिका विषयमा आधारित वृत्तचित्र ‘अन्तिम सन्देश’ र ‘मरेर बाँचेकाहरू’ को प्रदर्शन गरी उक्त रकम संकलन गरिएको हो । संकलित रकमबाट स्थानीय क्रियाशील पत्रकारका लागि स्वास्थ्य समस्या, दुर्घटना वा अन्य चरम आर्थिक समस्या परेका बेलामा उपयोग गरिने भएको छ । वृत्तचित्रमा तत्कालीन माओवादी र राज्य पक्षले निर्दोष नागरिकलाई नियन्त्रणमा लिएर निर्ममतापूर्वक यातना दिएको र बेपत्ता पारेको यथार्थ चित्रण छ । (सौस)
प्रतिक्रिया