सांगीतिक कार्यक्रममा अपांगलाई सहयोग

काठमाडौँ : रक हाउस क्याफे रातोपुलले शनिबार साँझ विशेष सांगीतिक कार्यक्रमको आयोजना गरी आफ्नो दोस्रो वार्षिकोत्सव मनायो । नयाँ नेपाल अपांग समाज केन्द्रमा आश्रित बालबालिकालाई सहयोग गर्दै आएको उक्त क्याफेले दोस्रो वार्षिकोत्सवमा पनि उक्त केन्द्रमा आश्रित बालबालिकाहरूलाई सहयोग गरेको सञ्चालक सुमन राईले जानकारी गराए ।
चिसिँदै गएको पुस महिनाको जाडोमा सांगीतिक प्रस्तुतिले उपस्थितहरूलाई तताएको थियो । ब्राइटस्टार द मेलोडी व्यान्डका कलाकारले सुरु गरेको सांगीतिक प्रस्तुतिलाई प्रमोद खरेल र साहिमा श्रेष्ठले दर्शक झुम्याउँदै अन्त्यसम्म निरन्तरता दिए । क्याफेका सञ्चालक दीपक राइले केक काटेर सुरु गरिएको कार्यक्रममा विभिन्न व्यक्तिलाई सम्मान पनि गरिएको थियो । सम्मानित हुने परराष्ट्र मन्त्रालय अन्तर्गतका कर्मचारी यादव खनाल, शम्भु कोइराला, चलचित्र निर्माता गोपाल कर्माचार्य, बाँसुरीबाधक गायक बलराम समाल, जयप्रसाद ढुंगेललगायत रहेका छन् । (सौस)

प्रतिक्रिया