लामिछाने युवा निबन्ध पुरस्कार

काठमाडौं : निबन्ध विधामा विगत लामो समयदेखि निरन्तर कलम चलाउँदै आएका कवि तथा निबन्धकार भीष्म उप्रेती ‘शंकर लामिछाने युवा निबन्ध पुरस्कार–२०६९’ बाट पुरस्कृत र सम्मानित हुने भएका छन् । साहित्यकार शंकर लामिछाने निबन्ध समाजले जनाएअनुसार, प्रत्येक दुई वर्ष प्रदान गरिने २५ हजार रुपियाँ राशिसहितको यो पुरस्कार आगामी १० माघमा लामिछानेको पुण्यतिथिमा प्रदान गरिनेछ । यसअघि यस पुरस्कारबाट निबन्धकारहरू श्रीओम श्रेष्ठ रोदन, युवराज नयाँघरे र झमककुमारी घिमिरे सम्मानित भइसकेका छन् ।
भीष्म उप्रेतीका निबन्ध, कविता र यात्रासंस्मरण गरी एक दर्जन पुस्तक प्रकाशित छन् । उनको पछिल्लो यात्रासंस्मरण ‘एकपटक टोकियो’ हो भने नयाँ निबन्धसंग्रह चाँडै नै साझा प्रकाशनबाट प्रकाशित हुने क्रममा छ ।
शंकर लामिछाने निबन्ध समाजले लामिछानेको जन्मजयन्तीको अवसर पारी प्रत्येक दुई वर्षमा ५० हजार पुरस्कार राशि भएको ‘शंकर लामिछाने निबन्ध पुरस्कार’ पनि प्रदान गर्दै आएको छ । यो पुरस्कारबाट कृष्णचन्द्रसिंह प्रधान, डा. तारानाथ शर्मा, डा. दुर्गाप्रसाद भण्डारी र श्यामप्रसाद शर्मा सम्मानित भएका छन् । (सौस)

प्रतिक्रिया