ग्ल्यामरमा सोख

विराटनगरकी १८ वर्षे निरु मोहोराले प्लस टुसम्मको अध्ययन सिध्याएर मोडलिङमा पाइला बढाएकी हुन् । अभिनयको पहिलो पाइलामै ‘साइना’,
‘थ्याङ्क्यु’, ‘बर्बाद’ आदि चलचित्रमा अभिनय गरेकी यी सुन्दरीको लक्ष्य पनि आमसुन्दरीभैँm सफल अभिनेत्री बन्ने छ । नेपाली चलचित्र क्षेत्रमा शोषण हुने गरको सुनेकी यी सुन्दरीले किन यही क्षेत्र रोजिन् त ? ‘मेरो बच्चादेखिकै अभिनय गर्ने सोख हो । सोखले यस क्षेत्रमा लागेकाले पछिसम्म यसलाई निरन्तरता दिने मेरो चाहना छ,’ मोहोराले लक्ष्य सुनाइन्

यो क्षेत्रमा लागेर आफू कहिले पनि शोषित नहुने र शोषण गर्नेलाई पनि सबक सिकाउने दृढ निश्चय व्यक्त गर्छिन् । यी सुन्दरी आफ्नो खुट्टामा उभिएर चर्चा कमाउन चाहन्छिन् । अहिलेसम्म आफूले सेक्सको अनुभव नगरेको बताउने यी सुन्दरी सेक्सलाई प्रकृतिको सुन्दर उपहार मान्छिन् । अनि, विवाहपछि मात्र सेक्स अनुभव लिने सोचाइमा छिन् । हल्का पहिरन र सिम्पल मेक–अपमा हिँड्न मन पराउने यी सुन्दरी नयाँ–नयाँ ठाउँ घुम्ने, पत्रपत्रिका पढ्ने र नयाँ साथी बनाउने रुचि राख्छिन् । परिवारको सपोर्टले पनि मोडलिङमा लाग्न प्रेरणा मिलेको बताउने मोहोरा फुर्सदको धेरैजसो समय इन्टरनेटमा रमाउने गर्छिन् । उनी भन्छिन्, ‘इन्टरनेटमा साथीभाइसँग च्याट गर्दा र विभिन्न खबर हेर्दा समय गएको पत्तै हुँदैन ।’

प्रतिक्रिया