फिल्म नचल्दा पत्रकारलाई गाली

काठमाडौं : आफूले बनाएका चलचित्रले राम्रो व्यावसाय गर्न नसकेर रन्थनिएका निर्देशक सुरेश दर्पण पोखरेल मिडियाकर्मीमाथि खनिएका छन् । विभिन्न पत्रिकाले उनी निर्देशित पछिल्लो चलचित्रबारे लेखेका नकारात्मक समीक्षालाई लिएर दर्पणले फेसबुकमार्फत विषवमन गरेका छन् ।
उनले निर्देशन गरेको पछिल्लो चलचित्र ‘थ्री लभर्स’लाई समीक्षकहरूले बकवास चलचित्रको दर्जा दिएका थिए । यसबाट विक्षिप्त भएका दपर्णले आफ्नो फेसबुकको स्टाटसमा पत्रकारको खेदो गरेका हुन् ।
‘अब नेपाली चलचित्र क्षेत्रबाट सन्न्यास लिन्छु, फिल्म बनाउँदिन, मेरा केही महान् पत्रकार भनाउँदा मित्रहरू, सुरेशले चलचित्र बनाउँदैन भन्ने सोचेका छौ भने, मलाई माफ गर, तिमीहरूको आहारिस र इष्र्याले भरिएको कुतर्कले मेरा बाटो छेक्न सक्दैन’ आफ्नो स्टाटसमा उनले पत्रकारलाई लक्षित गर्दै भनेका छन् । निर्देशक दर्पणले स्टाटसमा आफ्नो चलचित्रमा थुप्रै कमीकमजारी रहेको पनि स्वीकारेका छन् । उनले आफँैलाई आफूले निर्देशन गरेको चलचित्र चित नबुझेको समेत सो स्टाटसमा लेखेका छन् ।
सुरेशले आफ्नो गोरुको बाह्रै टक्का भन्न खोजेको नभई थुप्रै कमीकमजोरी आफूमा भए पनि ती कमीकमजोरी औँल्याउनुको साटो हुँदै नभएको समाचार लेखेर तलब पकाउन खोजेको आरोप पत्रकारमाथि लगाएका छन् ।
सुरेश दर्पण पटक–पटक विवादमा मुछिदै आएका छन् । केही पहिले नायिका सोनिया केसीले आफूमाथि यौन दुव्र्यवहार गर्न खोजेको आरोप लगाएपछि सुरेशले प्रहरी कार्यालयको चक्करसमेत काटेका थिए । ‘निसाना’ चलचित्रबाट निर्देशन सुरु गरेका दर्पणको ‘थ्री लभर्स’ चौथो चलचित्र हो । संयोग, उनको निर्देशनमा बनेका कुनै पनि चलचित्रले सामान्य व्यावसायिक सफलता समेत हात पार्न सकेका छैनन् । (सौस)त

प्रतिक्रिया