रक हाउसमा साहिमा र प्रमोद

काठमाडौं : गायक र गायिका प्रमोद खरेल र साहिमा श्रेष्ठ । उनीहरूले गाउने भएका छन् रेस्टुरन्टमा ।
उनीहरूले रक हाउस क्याफे एन्ड रेस्टुरेन्टमा गाउन लागेका हुन् । एक वर्षदेखि हरेक शुक्रबार गजल कार्यक्रम प्रस्तुत गर्दै आइरहेको उक्त रेस्टुरेन्टले यसपटक भने आगामी ७ शनिबार यी गायक र गायिकाको प्रस्तुति समेट्न लागेको हो ।
रेस्टुरेन्टमा आउने ग्राहकलाई खानासाथै गीत/संगीतको मज्जा पनि दिलाऔँ भनेर यसरी संगीतिक प्रस्तुति राख्दै आएको क्याफेका सञ्चालक दीपक राईले बताए । आफ्नो रेस्टुरेन्टमा देश–विदेशका ग्राहकसमेत आउने जानकारी दिँदै उनले यसरी गरिएको सांगीतिक प्रस्तुतिले देशको कला संस्कृतिको जगेर्ना हुनुका साथै गायक–गायिकाको व्यवसायमा पनि मद्दत पुग्ने बताए । (सौस)

प्रतिक्रिया