जुनियर स्कुल प्रिन्सेज ०१३ हुने

काठमाडौं । आठदेखि दश वर्षसम्मका बालबालिकामा लुकेर रहेको आन्तरिक प्रतिभा प्रष्फुटन गर्ने उद्देश्यले ‘जुनियर स्कुल प्रिन्सेज ०१३’ नामक प्रतियोगिता आयोजना हुने भएको छ । विगत केही वर्षदेखि विभिन्न सामाजिक सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम आयोजना गर्दै आएको सिजन मिडियाले यो प्रतियोगिता आयोजना गर्नलागेको हो ।
विगतजस्तै यस वर्ष पनि काठमाडौं, भक्तपुर र ललितपुरका गरी तीन जिल्लाका स्कुलमा कक्षा ४, ५ र ६ मा अध्ययनरत छात्राले प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन् । बालबालिकाको आन्तरिक प्रतिभा प्रष्फुटन र व्यक्तित्व विकासको सन्दर्भमा विद्यार्थीको जाडो बिदा सदुपयोग होस् भनेर प्रतियोगिता आयोजना गर्न लागिएको सिजन मिडियाका अध्यक्ष प्रदीपराज वन्तले बताए ।
यही पुसको तेस्रो सातासम्म आवेदन भर्न सकिने प्रतियोगिताको पहिलो चरणबाट छनोट भएका प्रतियोगीलाई मार्कोपोलो बिजनेस होटल कमलपोखरीमा व्यक्तित्व विकास लगायत विभिन्न प्रशिक्षण दिइने छ । प्रतियोगिताका विजेताले शीर्षउपाधिसहित विद्यालयस्तरको अध्ययनका लागि २५ हजार रुपियाँबराबर छात्रवृत्तिका साथै साइकल, मिनी ल्यापटप, स्कुल ब्याग आदि प्राप्त गर्नेछन् । प्रतियोगिताको फस्र्ट रनर–अप र सेकेन्ड रनर–अपले क्रमश: छात्रवृत्ति र अन्य उपहार प्राप्त गर्नेछन् । प्रतियोगितामा अन्य विधामा पनि विजेता छनोट गरिने पनि अध्यक्ष वन्तले बताए । (सौस)

प्रतिक्रिया