टिचिङ गर्नेसोच अधुरै रह्यो

गायन नै किन रोज्नुभयो ?
गायनमा मेरो सानैदेखि लगाब थियो । सानैदेखि सुनेका गीत गुनगुनाउने गर्दथेँ । आफँैलाई संगीतमा हराउन मन लाथ्यो । त्यसैले गायनमा लागेँ ।
आधुनिक विधा नै किन रोज्नुभयो ?
विधा भनेको आफ्नो रुचिमा भर पर्ने कुरा हो । मेरो सानैदेखि आधुनिक गीतमै ध्यान गयो । अरुणा लामा र मीरा राणाबाट प्रभावित भएर गायनमा लागेकाले पनि मैले आधुनिक विधा नै रोजेको हुँ ।
आधुनिक गीत गाउन सजिलो कि गाह्रो ?
यसलाई गाह्रो र सजिलो दुवै पक्षबाट हेर्न सकिन्छ । गीत गाउन जुनै विधा पनि सजिलो भने छैन ।
आफ्ना एल्बमबाहेक अरूका कलेक्सनमा पनि स्वर दिनुभएको छ, फरक के पाउनुभयो ?
दृष्टिकोणले नै कुनै पनि कुरामा फरक पार्ने वा नपार्ने गर्छ । फरकै भन्नुपर्दा आफ्नोमा आफ्नै तरिकाले गाउन सकिन्छ भने अरूको उनीहरूकै निर्देशनअनुसार र चलचित्रमा त्यसको कथावस्तुअनुसार गाउनु पर्छ ।
तपाइंको गीतले के झल्काउँछ ?
मेरा गीत प्राय: पीडा र वियोग भल्काउने खालका हुन्छन् । आधुनिक गीतका श्रोताले सुन्न रुचाउने भनेको पनि यस्तै गीत हुन् । यस्ता गीतमार्फत श्रोताका मनमा छिट्टै वास गर्न पनि सकिन्छ ।
विवाहित गायिका प्राय: पारिवारिक अल्झनमा पर्छन् भनिन्छ नि ?
अरूका हकमा होला तर मेरा हकमा यो लागू हँुदैन । मलाई परिवारबाट धेरै सपोर्ट छ । मेरो श्रीमान्ले मलाई गीत/संगीतमा लाग्न काठमाडौंबाहिरबाट काठमाडौं ल्याउनु भएको हो ।
यदि गायनमा नलाग्नुभएको भए ?
यो पेसामा नलागेको भए म शिक्षक हुन्थेँ हुँला । किनभने मैले शिक्षण पेसाका लागि दुईवटा लाइसेन्स पनि लिएको छु । गायनमा लाग्नाले टिचिङको सोच अधुरै रह्यो ।
आधुनिक गीतबाहेक पनि गाउने चाहना छ ?
आधुनिक गीत जति मैले अरू गीत गाएको पनि छैन । मलाई नारीका आवाज बोकेका चेतनामूलक र राष्ट्रीय गीत गाउने र त्यस्ता गीतबाट आफूलाई देशमा मात्र हैन विदेशमा पनि चिनाउने इच्छा छ ।
गायनमा सन्तुष्टि मिल्छ ?
कुन मामलामा भन्ने । आर्थिक कि अन्य ? म एउटी गायिका हुँ । त्यसैले गायनका हिसाबले भन्ने हो भने आफूले गाएका गीत र आफ्नो पेसाबाट म सन्तुष्ट छु ।
गायनमा लागेर के पाउनुभयो ?
सबैभन्दा ठूलो कुरा त मैले चिनारी पाएको छु । श्रोताको माया पाएको छु । यो नै ठूलो हो जस्तो लाग्छ मलाई ।
यो पेसामा लागेकै कारण दु:खी हुनुपरेको कुनै क्षण ?
त्यस्तो क्षण पनि छ । किनभने कहिलेकाहीँ आफूले सोचेको नपुग्दा, अभावका कारण गर्न खोजेका कुरा गर्न नपाउँदा यो पेसामा किन लागेछु भन्नेचाहिँ भएको छ ।

प्रतिक्रिया