मुम्बई : बलिउड अभिनेत्री प्रियंका चोपडाको जीवनमा नयाँ वर्ष ०१३ ले विशेष महत्त्व राख्ने भएको छ । नयाँ वर्षमा बलिउडका किङ खानसँग चलचित्र अभिनय गर्न पाउने भएपछि नयाँ वर्षले प्रियंकाका जीवनमा सो महत्त्व राख्ने भएको हो । निर्माता फराह खानले निर्माण गर्न लागेको चलचित्र न्यु इयरमा शाहरुखले प्रियंकाको साथमा अभिनय गर्ने पक्कापक्की भएको छ । शाहरुखका साथ चलचित्रमा काम गर्ने भएपछि प्रियंकामा पनि उत्साह थपियको छ । प्रियंका चलचित्र डनमा शाहरुखका साथमा काम गरिसकेकी छन् ।
कास्टिङको काम भइरहेको चलचित्रमा उनी रहने पक्का भएका सूत्रले दाबी गरेका छ । अभिनेत्रीमध्ये अहिले बलिउडमा प्रियंका, करिना, कट्रिना, दीपिकाका साथमा अनुस्का पनि चर्चामा रहेका छन् । यी अभिनेत्रीमध्ये प्रियंकाबाहेक अन्य अभिनेत्री भने अहिले निकै व्यस्त छन् । केही समयअघि शाहरुख खान र प्रियंकाबीच केही चक्कर चलेको सार्वजनिक भएको थियो । तर, सो खबरलाई शाहरुखले खण्डन पनि गरेका थिए ।
प्रतिक्रिया