षडानन्द पुरस्कार ज्ञानमणिलाई र राजनलाई सम्मान

काठमाडौं : यस वर्षको षडानन्द राष्ट्रिय पुरस्कारद्वारा प्राज्ञ ज्ञानमणि नेपाललाई सम्मान गरिएको छ । आवाल ब्रह्मचारी षडानन्दका १७८ आँै जन्मजयन्ती तथा प्रतिष्ठानका पाँचाँै वार्षिक उत्सवका अवसरमा सोमबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति वैरागी काइँलाले नेपाललाई सो पुरस्कार प्रदान गरे ।
आवाल ब्रह्मचारी षडानन्द प्रतिष्ठानद्वारा स्थापित यो पुरस्कार प्रत्येक वर्ष प्रदान गरिन्छ । यो पुरस्कारको राशि नगद ५०,००० रुपियाँ रहेको छ । नेपालको इतिहास र संस्कृतिको अध्याएन तथा अनुसन्धानमा उत्कृष्ट योगदान पुर्‍याएको मूल्यांकन गर्दै नेपाललाई सो पुरस्कार दिइएको हो ।
त्यस्तै, सोमबार नै ललितकला प्रज्ञा प्रतिष्ठानले एक कार्यक्रम आयोजना गरी कलाकार राजन काफ्लेलाई पनि सम्मान गरेको छ । काफ्लेले दुई वर्षको अन्तरालमा बंगलादेशको ढाकामा आयोजना गरिने एसियाकै बृहत् कला महोत्सव १५ औँ एसियन कला प्रर्दशनी वाइना ०१२ नेपालका तर्फबाट सहभागी भई होनोरेवल्ली मेन्सन अवार्ड प्राप्त गर्न सफल भएका थिए । कार्यक्रममा ललित कला प्रज्ञा प्रतिष्ठानका कुलपति किरण मानन्धर र बंगलादेशका उपराजदूत फर्सादुल स्लामले संयुक्त रूपमा उनलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए । (सौस)

प्रतिक्रिया