टेलिकम कर्मचारीका नाममा ठगी

काठमाडौं, २ पुस । विभिन्न बहानामा गठी गर्दै हिड्ने नेपालगञ्जका महेश विष्टलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ ।
नेपालगंज–१, खजुरा घर भएका ३५ बर्षीय विष्ट विरुद्ध ठगी गरेको उजुरी परे पछि पक्राउ गरेको प्रहरीले जनाएको छ । मंसिर–३० गते खिचापोखरी पिपुल्स पल्लाजामा खोटाङ जिल्ला अरर्खोले बजार–१ घर भई हाल कीर्तिपुर बस्ने २३ बर्षीया कोपिला श्रेष्ठको सुनको सिक्री, औंठी उनले लगेका थिए ।
‘म तिम्रो बुवाको साथी हुँ, टेलिकम अफिसमा काम गर्छु,’ भनेर विष्टले कोपिलाको सुनको सिक्री, औंठी लिएर भागेका थिए । विष्टले आफू अमेरिकामा बस्ने गरेको समेत बताउने गरेको प्रहरी भनाई छ । प्रहरीले विष्टलाई कारबाहीको प्रक्रिया अगाडि बढाएको छ ।

प्रतिक्रिया