संवाद सिक्दै सन्नी

नयाँदिल्ली : पोर्नस्टार सन्नी लियोनले बलिउडमा अभिनय माध्यमबाट खासै छाप छाड्ने सकेकी छैनन् । तर पनि बलिउडमा उनका चर्चा कम छैन । बलिउड अन्य अभिनेत्रीसरह उनी चर्चामा आइरहन्छिन् । अभिनयभन्दा पनि ग्ल्यामर प्रदर्शन गरेर उनी सबैको मनमा आफ्नो बेग्लै छाप छोड्न सफल लियोनले अब अभिनयलाई पनि गम्भीरताका साथ लिने भएकी छन् । बलिउड चलचित्र जिस्म–२ पछि रागिनी एमएमएस–२ मा यसै चलचित्रबाट अभिनयलाई गम्भीरताका साथ लिने भएकी हुन् । त्यसैले पनि उनी चलचित्र रागिनी एमएमएस–२ को डबिङ आफ्नै आवाजले गराउने भएकी छन् । यसअघि जिस्म–२ मा उनको अभिनयमा डबिङ अर्कैको थियो । सन्नीले चलचित्र रागिनी एमएमएस–२ मा आफ्नै आवाजले डबिङ गर्न लागेको चलचित्रसँग सम्बन्धित व्यक्तिले पुष्टि पनि गरेका छन् ।
चलचित्र १५ जनवरीमा सार्वजनिक हुने तरखरमा छ । चलचित्रका निर्माता एकताकपुर हुन् । कपुरले यस चलचित्रमा ग्ल्यामर एक्सपोज र पात्रको सम्वादलाई निकै महत्त्वपूर्ण तरिकाले ध्यान दिएका पनि छन् । त्यसैले पनि एकताले चलचित्रको संवाद सन्नी आफँैले डबिङमा बोल्नु पर्ने कार्यक्रम तय गरका थिए । चलचित्रको डबिङमा सन्नीलाई राम्रो संवाद बोलाउन एकताले चार ट्ेरनर राखेका छन् । जसले सन्नीलाई संवाद उच्चारण र भाषा सिकाउने गरेका छन् । यसरी राखिएका ट्ेरनरबाट सन्नीले राम्रोसँग सिकिनन् भने बलिउडमा चलचित्र अभिनयमा उनको भविष्य उज्ज्वल नहुने एजेन्सीले जनाएका छन् । (एजेन्सी)

प्रतिक्रिया