जोलीले अभिनय छाड्ने

एजेन्सी : हलिउडकी सुपर स्टार अभिनेत्री एन्जेलीना जोलीले अभिनय छाड्ने भएकी छन् । आफ्ना ६ बच्चालाई समय दिन उनले अभिनय छाड्न लागेकी हुन् । ६ बच्चालाई आफूले साथ दिन नभ्याएकाले उनीहरूको साथमा रहन र रमाउन आफू चलचित्रबाट टाढा रहन लागेका उनले बताएकी छन् ।
३७ वर्षीय अभिनेत्री जोलीले अहिलेसम्म आफ्ना ६ जनै बच्चालाई ब्वाइफ्रेन्ड बैन्ड पिटसँग मिलेर पालन–पोषण गर्दै आएकी छन् । आफ्ना सबै बच्चा अब टिन एजमा लागेकाले आफूले अभिनयलाई विदा गरेर उनीहरूको रेखदेखमा लाग्न लागेको एक अन्तर्राष्ट्रिय अनलाइन पत्रिकासँगको अन्तर्वार्तामा भनेकी छन् ।

प्रतिक्रिया