‘नाइन ओ क्लक’को अडियो सार्वजनिक

कठमाडौं : चलचित्र ‘नाइन ओ क्लक’को अडियो सार्वजनिक गरिएको छ । आइतबार राजधानीमा आयोजित कार्यक्रममा कवयत्री उषा शेरचन, नायिका सुमिना घिमिरे, निर्देशक बाबुराम ढकाललगायतले अडियो सार्वजनिक गरे । तीन गीत समावेश गरिएका चलचित्रको तीनै गीतमा कन्काइस्ट राईको संगीत रहेको छ भने राजेशपायल राई, रजिना रिमाल, इन्दिरा जोशी, शिव परियारलगायत गायक तथा गायिकाले स्वर दिएका छन् । गीतमा दयाराम पाण्डे, प्रमोद ढुंगाना निर्माता रमेश संवेदनाको शब्द रहेको छ ।
चलचित्र आगामी फागुनमा ११ बाट सार्वजनिक रूपमा प्रदर्शन आउँदैछ । चलचित्रमा ध्रुब दत्त, सुमिना घिमिरे, दीक्षा पाठक, पदम जिसी, राजन त्रिपाठी, सवुश्री लगायत कलाकारको अभिनय छ । रमेश संवेदनाको निर्माणमा तयार भएको चलचित्रलाई बाबुराम ढकालले निर्देशन गरेका हुन् । (सौस)

प्रतिक्रिया