‘लगानीमैत्री वातावरण आवश्यक’

म्याग्दी, २ पुस । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्यले मुलुकको आर्थिक समृद्धिका लागि लगानीमैत्री वातावरण आवश्यक रहेको बताएका छन् ।

म्याग्दी उद्योग वाणिज्य संघको १९ औा वार्षिक साधारणसभा एवं भवन उद्घाटन तथा सम्मान कार्यक्रममा अध्यक्ष वैद्यले देशमा स्थायी सरकार नहुादा लगानीमैत्री वातावरणको अभाव रहेको र निजी क्षेत्रले चाहेर पनि लगानी गर्न नसकेको बताए ।
सरकारले समयमै पूर्णबजेट ल्याउन नसक्दा लगानीका क्षेत्र ओझेलमा परेको पनि अध्यक्ष वैद्यले बताए । महासंघले सहमतिमा मुलुकमा लगानी वर्ष ०१२ मनाइरहादा निजी क्षेत्रलाई प्रोत्साहन हुने गरी बजेट नआउनु दुर्भाग्यपूर्ण भएको टिप्पणी गरेको छ । अध्यक्ष बैधले जतिसक्दो छिटो राष्ट्रिय सहमतिको सरकार बनेमात्र मुलुकले निकास पाउने बताए । विदेशी लगानी आउनु/नआउनु आºनै ठाउामा रहेको भन्दै उनले स्वदेशी लगानी बढाउनका लागि निजी क्षेत्रले पााचवटै विकास क्षेत्रमा लगानी वर्ष मनाउने योजना बनाएको जानकारी दिए ।
उनले मुलुकको आर्थिक समृद्धिका लागि महासंघले ल्याएको कार्यसूचीलाई सहयोग गर्न सबै राजनीतिक दललाई आग्रह गरे । महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले राजनीतिक प्रतिशोधका कारण अहिले मुलुकमा लगानीका क्षेत्रहरूमा अवरोध भइरहेको भन्दै राज्यले सहमतिका आधारमा लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्ने बताए ।
पूर्वसभासद् गोविन्द पौडेलले म्याग्दीमा कृषि, जलविद्युत् र पर्यटन क्षेत्रमा प्रचुर सम्भावना रहेकाले त्यसतर्फ लगानी बढाउन निजी क्षेत्रलाई आग्रह गरे ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघ म्याग्दीका केन्द्रीय सदस्य प्रमोदकुमार श्रेष्ठ, अञ्चल प्रतिनिधि होमनारायण श्रेष्ठ, बाग्लुङका अध्यक्ष वसन्तकुमार श्रेष्ठ, म्याग्दीका अध्यक्ष कविरकुमार श्रेष्ठलगायतले मन्तव्य राखेका थिए । धौलागिरिमा खानी, जलविद्युत्, कृषि, पर्यटनलगायत क्षेत्रमा लगानी गर्न निजी क्षेत्र अग्रसर बने पनि उचित वातावरण नबनेको गुनासो उनीहरूले गरे ।

प्रतिक्रिया