तुलसीको शव भारतमा

कञ्चनपुर, ३० मंसिर । कञ्चनपुर जिल्लाको दोधरा–५ कि तुलसी थापा भारतको कर्मैयामा मृत अवस्थामा फेला परेकी छन् ।
दोधरा बस्ने रामबहादुर थापाकी पत्नी तुलसीको शव शुक्रबार भारतको कर्मैया किस्तिघाट नजिक उखुवारीको छेउमा फेला परेको प्रहरीले जनाएको छ ।
पेट सम्बन्धी विरामी भई उपचारका लागि मंसिर–२५ गते तुलसी भारतको मेलाघाट गएकी थिईन् ।
तुलसीको मृत्युका बारेमा अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ । उनको हत्या भएको हुन सक्ने प्रहरीले प्रराम्भीक अनुमान गरेको छ ।

प्रतिक्रिया