लस एन्जेल्स : अंग्रेजी सिनेमाका अभिनेता तथा कमेडी कलाकार एडी मर्फी हलिउड फिल्म संसारका सबैभन्दा महँगा (ओभरपेड) अभिनेताको रूपमा देखिएका छन् । उनी यो वर्ष ‘फोब्र्स ओभरपेड एक्टर’ को सूचीमा शीर्ष स्थान ओगट्न सफल भएका हुन् । ५१ वर्षीय मर्फीले अभिनय गरेका ‘डाक्टर डुलिटिल’, ‘बेवर्ली हिल्स कोप’ र ‘कमिङ टु अमेरिका’ जस्ता फिल्म सुपरडुपर हिट भएका छन् ।
यद्यपि, त्यसपछि भने उनले अभिनय गरेका फिल्महरू उति हिट भने भएनन् । मर्फीपछि त्यस सूचीको दोस्रो स्थानमा अभिनेत्री क्याथलिन हेगल र तेस्रो स्थानमा रिज विदरस्पुन छन् । यस सूचीमा सान्ड्रा बुलक चौथो र ज्याक ब्ल्याक पाँचौँ स्थानमा छन् । (एजेन्सी)
प्रतिक्रिया