हिन्दी सिरियलमा रमाउँछन् नेपालीसेलिब्रेटी

सुमिना घिमिरे : सुटिङले गर्दा सिरियल त्यति हेर्ने फुर्सद नै मिल्दैन । तर, फुर्सद भए च्यानलबाट आउने हिन्दी सिरियल हेर्छु । समय पास गर्न यो निकै लाभदायक पनि छ भने यसबाट धेरै कुरा पनि सिक्न सकिन्छ । मैले हर्ने सिरियल कलर्स च्यानलबाट आउन मधुवाला राम्रो लाग्छ । यो एक कलाकारको विषयमा भएकाले यो सिरियल हेरेर हामी कलाकारले धेरै कुरा सिक्न पनि सक्छौँ ।

मेलिना मानन्धर : धेरैजसो समय काममा नै व्यस्त हुने भएकाले टेलिभिजन हेर्ने फुर्सद मलाई त्यति हुँदैन । तर, फुर्सद भएको समयमा हेर्छु । टेलिभिजनमा पनि मलाई हिन्दी सिरियल मन पर्छ । मैले हेर्ने हिन्दी सिरियल भनेको स्टारप्लसको आदित्य हो । यो सिरियल निकै मन पर्छ । अर्काे हर्ने भनेको जिटिभी सिरियल हन् । ती सिरियलको नाम त मलाई याद भएन । सिरियल हेर्न मलाई मन पर्छ ।

मीरा केसी : म हिन्दी सिरियल अलि कम हेर्छु । सिरियल अलिअलि हेरे पनि ती सिरियल भनेको हिन्दी नै हुन् । हिन्दी च्यानलमा पनि मलाई रियालटी सोहरू धेरै मन पर्छ । अहिले मैले हर्ने हिन्दी सिरियल भनेको कलर्स टेलिभिजनको सिमलका ससुराल हो । यो सिरियल पारिवारिक भएकाले पनि मलाई मन पर्छ । यो सिरियलबाट पारिवारिक कुराको ज्ञान धेरै लिन सकिने भएकाले पनि मैले यो रेगुलर हर्ने गरको छु । यसअलावा स्टारप्लसबाट आउने केही सिरियल पनि मैले हेर्ने गरेको छु ।

मौसमी मल्ल : म त्यति धेरै हिन्दी सिरियल हेरेर त रमाउँदिनँ । तर, सिरियल हेर्न बानी भने छ । मैले अहिले हर्ने सिरियल भनेको कलर्स च्यानलको बालिका बधू, मधुवाला र सिमलका ससुराल हो । यी सिरियल मलाई निकै राम्रो लाग्छ । यीबाहेक सोनी च्यानलका सिआइडी र क्राइम पेट्रोल निकै मन पर्छ भने प्रिया का घर अच्छा लागे पनि मैले हर्ने सिरियल हो । समाजमा घट्ने घटनालाई समाजिक तरिकाले राम्रोसँग प्रस्तुत गर्ने भएकाले हिन्दी सिरियलबाट धरै सिक्न सकिन्छ ।

प्रिया रिजाल : मेरो सिरियल हेर्ने लत छैन तर कहिलेकाहीँ भने हेर्ने गरेको छु । विशेसगरी फुर्सदको समय टिभी हेर्दा सिरियल नै मन पर्छ । नोपलीभन्दा हिन्दी राम्रो हुने भएकाले पनि हिन्दी नै हेर्छु । तर, कहिलेकाहीँ हेर्ने भएकाले सिरियलका नाम त्यति याद भने छैन । तर पनि मलाई हिन्दी सिरियल नै मनपर्छ ।

सरिता लामिछाने : त्यति सिरियल हेर्ने बानी छैन । मैले हर्ने भनेको न्युज च्यानल हो । तर, आफूले सिरियल नहेरे पनि घरमा अरूले हेरिरहेका समयमा भने हर्ने गरेको छु । कलर्स च्यानलको बालिका बधू भन्ने सिरियल हेरेको छु राम्रो पनि लाग्यो । यी सिरियलबाट सिक्ने हर्ने बानी मेरो छैन । च्यानलका सबैभन्दा मन पर्ने भनेको रियालटी सोहरू नै हुन् ।

प्रतिक्रिया