सम्पादनमा युज

काठमाडौं : मानव तस्कर, चेलीबेटी बेचबिखन विषयलाई लिएर चलचित्र युुज निर्माण भएको छ । हाल प्राइम स्टुडियोमा प्रविधिक कार्य भइरहेको चलचित्रलाई मिलन राईले निर्माण गरेका हुन् ।
सुभाष मचे, जयकिसन बस्नेत, सीमा केसी, चन्दा दाहाल, विनोद बस्नेत, सञ्जीव श्रेष्ठलगायत कलाकारको मुख्य भूमिकामा अभिनय रहेको चलचित्रमा बाबु बलामीको निर्देशन रहेका छ । चलीबेटी बेजबिखन विषयमा धेरै चलचित्र बने पनि यस चलचित्रले यससम्बन्धी विस्तृत विषय उठाएकाले अन्य चलचित्रभन्दा यो चलचित्र भिन्न रहेको निर्देशक बाबु बलामी बताउँछन् । चलचित्रमा पटकथा सम्वाद बलराम शर्मा, संगीत सन्तोष प्रगाढको रहेका छ भने नृत्य निर्देशन रत्न जोसीले गरेका छन् । (सौस)

प्रतिक्रिया