एक झापडको मूल्य २८ हजार कसरी तोक्नुभयो ?

एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई झापड हान्ने पदमबहादुर कुवरसाग हामीले धरौटी रकम माग गर्‍याँ । जुन कानुनी आधारमै माग भएको हो । ऊसित रकम नभएको व्यहोरा पाएपछि आफन्तलाई खोज्याँ तर सम्पर्कमा कोही पनि आएनन् । खबर पुगे पनि कार्यालयसम्म आउन ढिला हुने भएकाले उनका आफन्त आउन नसकेको हुनुपर्छ । भोलि आउने भनेका छन्, धोरौटीपछि उनी भोलि नै तारेखमा छुट्नेछन् ।
यो हाम्रो अन्तिम फैसला पनि होइन । सार्वजनिक स्थानमा विशिष्ट व्यक्तिमाथि हातपात गरेकाले ऊमाथि सार्वजनिक मुद्दा लागेको थियो । त्यत्तिकै छाड्ने कुरा पनि भएन ।  हामीले कानुनअनुसार नै कारबाही अघि बढाएका हौँ । जहासम्म माफीको कुरा छ, त्यसको आधिकारिक पत्र हामीकहा आइपुगेको छैन । यस आधारमा हामी केही गर्न सक्दैनाँै । हातपात त उनीमाथि पनि भएको छ । तर, त्यो व्यहोराअनुसारको उजुरी नपरेकाले होला प्रहरीले कसैलाई पक्राउ गरेन । मकहाा पनि कुनै उजुरी आएको छैन ।

प्रतिक्रिया