मुलुकसामु देखा परेको संवैधानिक र राजनीतिक संकट समाधान गर्न के गर्नुपर्ला ?

वर्तमान राजनीतिक संकटबाट मुलुकलाई जोगाउन सबै राजनीतिक दलहरू सहमतिको विकल्प छैन भनेर भनिरहेका छैनन् । तर, कोही पनि सत्ताभन्दा बाहिर बस्न चाहिरहेका छैनन् । सत्तामा भएकाहरू आफ्नो आयु लम्ब्याउने कसरतमा छन् भने सत्ता बाहिरका दलहरू आफूहरू सत्तामा पुग्ने च्याँखे थापेर बसिरहेका छन् । यसले गर्दा मुलुक लामो समयदेखि अनिर्णयको बन्दी बनिरहेको छ । त्यसमा एमाओवादी अध्यक्ष प्रचण्डमा रहेको राजनीतिक अलमलले पनि संक्रमण झनै लम्ब्याएको छ । अहिले मुलकुलाई एउटा प्रधानमन्त्री चाहिएको छ तर प्रचण्ड चार/पाँच जनालाई प्रधानमन्त्रीको आश्वासन दिँदै हिँडिरहेको अवस्था छ । राष्ट्रपतिसँगको भेट उता ठिक्क, प्रधानमन्त्रीसँगको भेटमा उनीसँगै ठिक्क, दलहरूको छलफलमा उता ठिक्क हुने प्रचण्ड प्रवृत्तिले अहिलेको संकट झनै लम्बिरहेको हो । त्यस्तै, संविधानभित्रका अन्तरबस्तुले पनि मुलुकलाई अहिले रिँगटा लगाइरहेको छ । विदेशीहरूले जातीयताको नारामा दलहरूलाई अल्मल्याइरहेका छन् । मधेसलाई एउटा राज्य बनाउँदा र जातका आधारमा राज्य बनाइँदा यी सबैले सत्ता छाड्छन् । यो सब हेर्दा सत्ता एउटा बहानामात्रै हो भन्ने बुझिन्छ । जे होस् ढिलो चाँडो सबै दलहरू मिलेर कुनै निकास त निकाल्नै पर्छ । तर, यसका लागि प्रमुख दलका नेता भनाउँदाहरू गम्भीर हुनै पर्छ ।

प्रतिक्रिया