यौनसम्बन्धी केही भ्रम

ढिलो वा चाँडो अधिकांश मानिसहरूले जीवनमा यौन सम्पर्क गरे का हुन्छन् । ब्रह्मचर्य बस्नेसँग यौनसम्बन्धको अनुभव नहुन सक्ला तर यस सम्बन्धी जिज्ञासा भने सबैलाई हुन्छ । यौनबारे विभिन्न भ्रमसमेत रहेका छन् । अध्ययन–अनुसन्धानहरूले मानिसमा रहेका यौनसम्बन्धी भ्रमहरू सार्वजनिक गरेका छन् । ती यस्ता छन् :
लिंगको आकार
यौनसन्तुष्टिका लागि लिंगको आकार ठूलो हुनुपर्छ भन्ने ठान्छन् धेरै जना । तर, यौनको चरम आनन्द लिन लिंगको आकारले फरक पार्दैन । लिंगको आकारले यौनसाथीलाई सन्तुष्टि दिने कुरा सरासर गलत रहेको चिकित्सकको भनाइ छ । पुरुषलाई सम्पर्कको बेलामा आनन्द अनुभूति गराउने पक्ष लिंगको टुप्पो हो, आकार होइन । साथै यौन जीवनलाई आनन्ददायी बनाउन फोर प्लेमा ध्यान दिनुपर्छ, शारीरिक र मानसिक रूपमा पनि तयार हुनुपर्छ ।
स्तनको आकार
यो विषयमा महिला र पुरुष दुवैमा भ्रम छ । स्तन सानो भएकी महिलाले पुरुषलाई सन्तुष्ट बनाउन सक्दैन भन्ने सोच पनि सरासर गलत हो । स्तनको आकारभन्दा पनि महिला र पुरुषलाई सन्तुष्टि दिने भनेको निप्पलले हो । स्तनको बाँकी भाग त दूध र फ्याट उत्पादन गर्ने ग्रन्थी मात्र हो ।
सम्भोग अवधि
मानिसहरू लामो समयसम्म सम्पर्क गरेमा मात्र यौनको आनन्द लिन सकिने भ्रममा छन् । सेक्स अवधि यति नै हुनुपर्छ भन्ने कुनै मापदण्ड छैन । धेरै मानिस अहिले पनि शीघ्र पतन तथा ढिला पतनको विषयमा सोचेर दिन बिताइरहेका हुन्छन् । तर, सम्भोगको अवधिलाई लिएर अनावश्यक चिन्ता गर्नु व्यर्थ छ । चिकित्सकहरूका अनुसार यौनसाथीसँग मानसिक र शारीरिक रूपमा तयार भएर फोर प्ले (सम्भोगपूर्वको क्रियाकलाप) पछि गरिएको यौनसम्पर्कले आनन्द प्रदान गर्छ । त्यस्तो सम्पर्क जति समयको भए पनि दुवैलाई आनन्द हुन्छ । फोर प्लेमा जति बढी स्त्रीलाई उत्तेजनामा ल्याउन सक्यो, यौनसम्पर्कका बेला त्यति नै बढी आनन्द प्राप्त गर्न सकिन्छ । सिधँै यौनसम्पर्क गरिहाल्दा भने आनन्द नआउन सक्छ ।
कुमारीत्व
धेरै पुरुषमा विवाहपछि गरिने पहिलो यौनसम्पर्कमा श्रीमतीको योनिबाट रगत आउनै पर्छ भन्ने नै भ्रम छ ।  यसो भए श्रीमती कुमारी पाएको ठान्छन् । तर, चिकित्सकहरू यसलाई सरासर गलत भन्छन् । को कुमारी हो, को होइन भन्ने प्रमाणित गर्न गाह्रो हुने बताउँछन । योनिमार्गमा हुने एक प्रकारको झिल्ली (हाइमन) च्यातिँदा रगत आउने हो । यसैका आधारमा कुमारीत्व मापन गर्ने विधि अव्यावहारिक र मूर्खतापूर्ण भएको चिकित्सकहरूको भनाइ छ । किनकि, त्यो झिल्ली त साइकल चढदा, कसरत गर्दा, उफ्रदा, हस्तमैथुन गर्दा पनि च्यातिन सक्छ । फेरि, यो सबैमा हुन्छ भन्ने पनि छैन ।
धेरैजसो युवतीमा हाइमनले पूरै योनीमार्ग ढाकेको पनि हुँदैन । यो चन्द्राकारको पनि हुन्छ । यस्तो आकारको हाइमन भएकाहरूमा बच्चा जन्माइसकेपछि पनि यो झिल्ली ज्युँ का त्युँ रहन्छ । त्यसैले यसलाई आधार बनाएर कुमारीत्वको बारेमा सोच्नु भनेको आफ्नो यौन जीवनलाई नै बर्बाद बनाउनु हो ।
हस्तमैथुन
यौनचाहना मेटाउने सुरक्षित उपाय नै हस्तमैथुन हो । यो विषयमा पनि धेरैमा भ्रम रहेको छ । हस्तमैथुन नगरी पनि बस्न नसक्ने, गर्दा पनि के के न बिराएँ भनी चिन्ता गर्नेको ठूलो जमात रहेको चिकित्सकहरू बताउँछन् । हस्तमैथुनले असर गर्छ, यसले भविष्यमा यौन जिवन नै बर्बाद पार्छन भन्ने भ्रम छ । वास्तवमा त्यस्तो होइन । एकै दिनमा धेरै पटक हस्तमैथुन गरेमा मात्र असर गर्छ, समय मिलाएर गर्दा कुनै असर पर्दैन । वीर्य स्खलन हुँदा कमजोर हुन्छु भन्ने पनि धेरै छन्, त्यो पनि सही होइन । मानिसले थुक्दा मुख सुक्यो भन्नुजस्तै हो, हस्तमैथुन गर्दा कमजोर हुन्छु भन्नु । पिच्च–पिच्च थुकिरहे पनि मुख सुक्खा हुने गरि कहिल्यै सुक्दैन । वीर्य पनि त्यस्तै हो, स्खलन भएर सकिने चिज होइन । अण्डकोष स्वस्थ रहुन्जेल यसको निर्माण प्रक्रिया एकदम तीव्र गतिमा हुन्छ । हस्तमैथुनले विवाहपछि यौनजीवनलाई कुनै असर गर्दैन ।
योनिको खुकुलोपना
बच्चा पाएपछि योनी खुकुलो हुन्छ र सेक्स गर्दा मज्जा आउँदैन भन्ने भ्रम पनि धेरैमा छ । खासमा बच्चा पाएपछि केही समयका लागि योनिद्वार खुकुलो भए पनि यो बिस्तारै पुरानै साइजमा आउँछ । बच्चा पाउने क्रममा योनी च्यातिएमा त्यसलाई सिलाउने पनि गरिन्छ । योनीका तन्तुहरूको प्रकृति नै लिंगको साइजअनुसार एडजस्ट हुने खालको हुन्छ । यो लिंगको साइजअनुसार संकुचन हुने र फुक्ने गर्छ । त्यसकारण योनि खुकुलो हुन्छ भन्नु गलत हो ।
स्वप्नदोष
पुरुषलाई मात्र स्वप्नदोष हुन्छ भन्ने धेरै छन् । तर, त्यसो होइन महिलालाई पनि स्वप्नदोष हुने गर्छ ।

प्रतिक्रिया