गाँजा नबिकेपछि किसान तनावमा

हेटौंडा, १९ मंसिर । कालिकाटार–१ का सानुकान्छा रानाले ५० केजी गाँजा प्रहरीलाई बुझाए । घरमा रहेको गाँजा नबिकेपछि उनले गाँउ आएका प्रहरीलाई बुझाए । प्रहरीले जलाएर नष्ट गर्‍यो ।

उनीजस्तै भार्ता–६ का चन्द्रबहादुर थिङले पनि घरमा भएको २० केजी गाँजा प्रहरीलाई बुझाए । प्रतिकेजी ६ सय रुपियाँमा बिक्री भइरहेको पुरानो गाँजा बिक्री नभएपछि ग्रामीण भेगका किसान समस्यामा परेका छन् र गाँजाको विकल्प खोज्दैछन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले पश्चिम मकवानपुरका विभिन्न गाविसमा गाँजा नष्ट अभियान थालेको छ । प्रहरीले खैराङ र कालिकाटारमा गाँजा फँडानी अभियान थालेको हो । प्रहरीले गाउँका वडा वडामा पुगेर गाँजा नष्ट गरेको छ ।

प्रतिक्रिया